काठमाडौँ : आईसीसी यू–१९ महिला टी–२० विश्वकप एशिया छनोटको चौथो खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनले पराजित गरेको छ।
यूएईको अज्मानस्थित द सेभेन्स स्टेडियममा नेपालले जितका लागि दिएको १४० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड ३३ रनमात्र बनाएर अलआउट भएपछि नेपाल फराकिलो रन अन्तरले विजयी भएको हो।
थाइल्याण्डका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा नेपालकी कुसुम गोदारले ३ विकेट, रिया शर्मा र रचनाकुमारी चौधरीले २/२ विकेट तथा कप्तान पूजा महतोले १ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर साना प्रविनको अर्धशतकको सहायतामा १३९ रन बनायो।
साना प्रविनले ४६ बलमा ७ चौका प्रहार गर्दै ५३ रन बनाइन्। सावित्री धामीले २८ रन बनाइन् भने सोनी पाख्रीनले १९ रनको योगदान गरिन्।
बलिङतर्फ थाइल्याण्डकी नाथारिका थोकाईले ३ विकेट‚ केसिनी काउजुम्फोलले २ विकेट र कुरानित सुवान्चोराथीले १ विकेट लिए।
नेपालले यसअघि कुवेतलाई र थाइल्याण्डलाई नै पराजित गरेको थियो। तेस्रो खेलमा भने नेपाल यूएईसँग १३ रनले पराजित भएको थियो।
नेपालले अब पाँचौँ खेल कात्तिक २७ गते कुवेतसँग र अन्तिम खेल कात्तिक २८ गते यूएईसॅंग खेल्नेछ।
यो छनोट खेलमा शीर्षमा रहने टोली अर्को वर्ष मलेशियामा आयोजना हुने विश्वकपका लागि छानिनेछ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो