काठमाडौँ : आईसीसी यू–१९ महिला टी–२० विश्वकप एशिया छनोटको चौथो खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनले पराजित गरेको छ।
यूएईको अज्मानस्थित द सेभेन्स स्टेडियममा नेपालले जितका लागि दिएको १४० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड ३३ रनमात्र बनाएर अलआउट भएपछि नेपाल फराकिलो रन अन्तरले विजयी भएको हो।
थाइल्याण्डका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा नेपालकी कुसुम गोदारले ३ विकेट, रिया शर्मा र रचनाकुमारी चौधरीले २/२ विकेट तथा कप्तान पूजा महतोले १ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर साना प्रविनको अर्धशतकको सहायतामा १३९ रन बनायो।
साना प्रविनले ४६ बलमा ७ चौका प्रहार गर्दै ५३ रन बनाइन्। सावित्री धामीले २८ रन बनाइन् भने सोनी पाख्रीनले १९ रनको योगदान गरिन्।
बलिङतर्फ थाइल्याण्डकी नाथारिका थोकाईले ३ विकेट‚ केसिनी काउजुम्फोलले २ विकेट र कुरानित सुवान्चोराथीले १ विकेट लिए।
नेपालले यसअघि कुवेतलाई र थाइल्याण्डलाई नै पराजित गरेको थियो। तेस्रो खेलमा भने नेपाल यूएईसँग १३ रनले पराजित भएको थियो।
नेपालले अब पाँचौँ खेल कात्तिक २७ गते कुवेतसँग र अन्तिम खेल कात्तिक २८ गते यूएईसॅंग खेल्नेछ।
यो छनोट खेलमा शीर्षमा रहने टोली अर्को वर्ष मलेशियामा आयोजना हुने विश्वकपका लागि छानिनेछ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’