पोखरा । यस वर्षको महिला समाजसेवा पुरस्कार पोखरा १६ वाटुलेचौर निवासी पद्मादेवी शर्मालाई प्रदान गरिएको छ ।
मैदान आमा समुह वाटुलेचौरले सञ्चालन गरेको सो पुरस्कार पहिलो पटक महिला अधिकार र समाजसेवाकोे क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएका भन्दै शर्मालाई अर्पण गरिएकोे हो । शनिबार समुहकोे २८ औं साधारण सभा तथा तेह्रौ अधिवेशनका अवसरमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना र समुहका अध्यक्ष मनु वस्नेतले नगद ५ हजार, सम्मानपत्र र दोशल्ला ओढाएर शर्मालाई सम्मान गरे । लामो समय शिक्षण पेशामा आवद्घ शर्माले अवकाश पछि पनि महिला अधिकार, बालबालिका र शिक्षा क्षेत्रमा क्रियाशिल रहेकी छन् । समुहले सोही अवसरमा सीता खड्का सहित नारायणी थापा, दिप्ती थापा र योग्यता वस्नेतलाई विशेष सम्मान गरेको छ । उनीहरुलाई वडा सदस्य रामचन्द्र आचार्य, राजकुमारी वानिया, मन्जु नेपाली, मानार्थ सदस्य सरस्वती खड्का, सल्लाहकार जितवहादुर खड्का र डिलमाया वस्नेतले सम्मान गरेका थिए ।

कार्यक्रममा मन्त्री थापाले समाजसेवा पुरस्कार अक्षयकोषमा नगद ५१ हजार सहयोग गरेका छन् । मन्त्री थापाले समाज रुपान्तरणमा महिला समुहको भुमिका महत्वपुर्ण रहेको बताउँदै, पुरस्कारले समाजसेवामा लाग्नेहरुलाई उर्जा थप्ने बताए । सम्मानित व्यक्तित्व शर्माले समाजसेवाको कुनै मुल्य र क्षेत्र नहुने बताउँदै, निस्वार्थ भावले गरिने कार्यले समाज अगाडि बढ्ने स्पष्ट पारे । वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले स्थानिय सरकार यस क्षेत्रका सामाजिक संघ संस्थासँग सहकार्य गर्दै अगाडि बढेको बताए । समुहका अध्यक्ष मनु वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा, सल्लाहकार बेनी बहादुर बस्नेत, हिमालय क्लवका अध्यक्ष मोहनबहादुर थापा, समुहका पूर्व अध्यक्ष निर्मला बस्नेत, अम्विका आमा समुहका अध्यक्ष लक्ष्मी देवकोटा लगायतले बोलेका थिए ।
अधिबेशनले ज्योति बस्नेतको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको छ । प्रथम उपाध्यक्षमा अमृता श्रेष्ठ, द्वितीय उपाध्यक्षमा शिवशोभा खड्का, सचिवमा नारायणी बस्नेत, सहसचिवमा दिपिका कार्की बस्नेत, कोषध्यक्षमा राधिका जिसी र सदस्यमा राधिका थापा, अम्विका श्रेष्ठ,सीता खड्का, देवु श्रेष्ठ, सावित्री बस्नेत, शर्मिला बस्नेत, देवी अधिकारी, अन्जु कार्की र शान्ती राना चयन भएका छन् । अधिवेशनले समुहको आर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन पारित समेत गरेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो