बाख्रा चोरेको भन्दै कुटिएका एक जना सुचना अभियन्ताको कैलालीमा मृत्यु भएको छ।
बाख्रा चोरेको भन्दै गाउँलेको कुटाइ खाएका सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीका सदस्य सुरेश भुलको कलाली सदरमुकाम धनागढ़ीस्थित नि:सर्ग अस्पतालमा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक कबिन्द्र बोहराका अनुसार , जिल्लाको गौरीगंगा नगरपालिका–११ कान्तिपुर घर भएका ३० वर्षीय भुललाई बाख्रा चोरी गरेको भन्दै शनिबार राति कुटपिट भएको थियो। कुटपिटबाट घाइते भुलको सोमबार बिहान नि:सर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।
सिमएसमेत गरेका भूलको आफनै मेडिकल समेत रहेको छ। वडा कार्यालयको सीसीटीभी फुटेज हेर्दा भुलले बाख्राको कान समातेर लगेको देखिएको इलाका प्रहरी कार्यालय मसुरियाका वरिष्ठ सई लक्ष्मीदत्त भट्टले जानकारी दिए। भट्टले बाख्रा चोरेको भन्दै गएको कार्तिक २० गते प्रहरीमा निवेदन परेको थियो भने भूललाई बाख्रा चोरी गरेको आरोपमा स्थानीय छिमेकीले नै कुटपिट गरेका थिए।
यसैबीच जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार भुललाई कुटपिट गरेको आरोपमा बाख्रा धनी विस्ना भूलसहित आठ जनालाई पक्राउ गरेक्जो छ । हालसम्म प्रहरीले सोही प्रकरणमा की ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भुल, १८ वर्षीय प्रकाश भुल (नाम परिवर्तन), २३ वर्षीय विशाल विक ३० वर्षीय धर्म विक, देवराज सापकोटा, दिनेश भुल, दिनेश बिकलाई पनि पक्राउ गरेको छ।
शनिबार बेलुकी भूलको मेडिकल रहेको स्थान गौरीगंगा–११ को कान्तिपुर टोलमै गएर एक जम्भो समूहले उनीमाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भिर घाईते भएका सुरेशको सोमबार बिहान धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
सुरेश भूलको उपचारका क्रममा मृत्यु भए पछि उनको हत्या गरेको आरोपमा गौरीगंगा नगरपालिका–११ कान्तिपुरकी ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भुल, १८ वर्षीय प्रकाश भुल (नाम परिवर्तन), २३ वर्षीय विशाल विक र ३० वर्षीय धर्म विकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ गरिएका पाँचै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने