काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री राजीव गुरूङ (दीपक मनाङे)लाई पक्राउ गरिएको छ ।
उनलाई मंगलबार काठमाडौंको सानोभर्याङ स्थित द कम्फर्ट अपार्टमेन्टबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।
मनाङे कम्फर्ट हाउजिङमा रहेको आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् । आफूले चलाउने मोबाइल काठमाडौँ उपत्यका बाहिर पठाएर काठमाडौँमा लुकेर बसेको सूचनाका आधारमा उनी पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार उनलाई आजै काठमाण्डौँ जिल्ला अदालतमा उपस्थित गराइनेछ।
सिआइबी पुर्याइयो
मनाङेलाई नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगिएको छ।
ज्यान मार्ने उद्योग मुद्दामा उनी कात्तिक २० गते सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए।
मनाङेलाई २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो। मनाङेलाई चक्रे मिलनमाथि आक्रमण गरेको अभियोगमा सजाय सुनाइएको थियो।
सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पनि पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङे दोषी ठहर भएका हुन्।
उनी पहिले केही समय जेल बसेर छुटेका थिए।
२०७९ मा मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा उनी मनाङबाट स्वतन्त्र उम्मेदवारी दिई विजयी भएका थिए। मनाङे गण्डकीमा पटक–पटक मन्त्री पनि बनेका थिए।
सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । मनाङे समूहले २१ वर्षअघि अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरेको थियो ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन