पोखरा । गण्डकी प्रदेशमा पनि सरकार सञ्चालनका लागि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको राजनीतिक संयन्त्र निर्माण भएको छ ।
मंगलबार कांग्रेसको गण्डकी प्रदेश कार्यालयमा बसेको बैठकले सभापति शुक्रराज शर्माको संयोजनमा समिति बनाउँदै ७ बुँदे निर्णय गरेको हो ।
संयन्त्रमा कांग्रेस र एमालेका तर्फबाट ३/३ जना रहने छन् । संयन्त्रको संयोजन आलोपालो गर्ने र बैठक व्यवस्थापन गर्नेले नै अध्यक्षता गर्ने निर्णय भएको छ ।
कांग्रेसका तर्फबाट प्रदेश सभापति शर्मा, कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रदेश समितिका महामन्त्री विष्णु लामिछाने छन् ।
एमालेका तर्फबाट स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङ, संसदीय दलका नेता खगराज अधिकारी र गण्डकी कमिटी अध्यक्ष नवराज शर्मा छन् ।
बैठकले गण्डकी प्रदेशभित्रका सबै जिल्लामा केन्द्रको निर्देशन अनुसार संयन्त्र निर्माण गरी काम गर्न निर्देशन दिने निर्णय गरेको किरण गुरुङले जानकारी दिए ।

दुई पार्टीबीचको सहकार्यको आवश्यकतालाई जनसमक्ष पुर्याउन र संयुक्त सरकारले गरेका काम तथा योजनाको पक्षमा जनमत निर्माण गर्न, सरकारले गरेका कामको समीक्षा गर्दै सरकारलाई सुझाव दिने, सहयोग गर्ने र सकारात्मक कामको प्रचार–प्रसार गर्ने काम संयन्त्रले गर्ने छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच स्थानीय तहमा कतै विवाद भए दुई दल बसी तत्काल समस्याको समाधान गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।
अराजनीतिक गतिविधिहरुलाई समयमा नै नियन्त्रण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने र कानुनी राज्यको कार्यान्यवयनको लागि आवश्यक सहयोग गर्न सबै पक्षलाई अपिल गर्ने निर्णय पनि गरेको विज्ञप्तिमा उल्लेख छ ।
गण्डकी प्रदेशका विकास निर्माणका कामका विषयमा दुई दलीय साझा धारणासहित अगाडि बढ्ने निर्णय बैठकले गरेको छ । आगामी बैठक नेकपा एमालेको संयोजनमा गण्डकी प्रदेश कार्यालयमा हुने भएको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने