लमजुङ । दूधपोखरी गाउँपालिकामा सुत्केरी व्यथा लागेको २० घण्टापछि एक प्रसव पीडामा रहेकी महिलालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
दूधपोखरी वडा नं. १, कल्लाबारीकी २७ वर्षिया प्रीतिमाया गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरेर पोखरा ल्याइएको हो ।
बिचौर स्वास्थ्य चौकीका अनमी सविना मरहट्टाले बुधबार अपरान्ह ४ बजेतिर गुरुङलाई हेलिकप्टरमार्फत उद्दार गरेर पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको बताइन् ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको पहलमा सिम्रिक एअरको हेलिकप्टर मार्फत पोखरा ल्याइएको हो । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकका अनुसार प्रदेशमा सहज रूपमा बच्चा जन्माउन नसकेर पीडामा रहेका गर्भवतीलाई तत्काल बाहिर लैजानुपर्ने भएमा मन्त्रालयबाटै हेलिकप्टर उपलब्ध गराउँदै आएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याई गुरुङको शल्यक्रिया गरी छोरी जन्मिएको छ । हाल चिकित्सकको निगरानीमा रहेका सुत्केरी र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
गुरुङलाई मंगलबार साँझ ८ बजेतिरबाट सुत्केरी व्यथा लागेको र राती ३ बजे बिचौर स्वास्थ्य चौकीमा ल्याइएको अनमी मरहट्टाले जानकारी दिइन् ।
‘गुरुङको स्वास्थ्यवस्था सामान्य थियो । आज (बुधबार) बिहान ९ बजे पुरै घर खुलेको थियो । तैपनि सुत्केरी हुन सकेको थिएन’ उनले भनिन्, ‘पछि सुत्केरी हुन असहज हुन सक्ने अवस्था देखेर हामीले रिफर गरेका हौं ।’
त्यसपछि हेलिकप्टरका लागि पहल गरिएको र हेलिकप्टरमार्फत प्रसव पीडामा रहेकी महिलालाई सुविधायुक्त अस्पतालमा लैजान सफल भएको उनले बताइन् ।
दूधपोखरी गाउँपालिका वडा नं. १ का अध्यक्ष दुर्गामान गुरुङले महिला सुत्केरी हुन नसकेपछि गण्डकी प्रदेश सरकारसंग आग्रह गरेर महिलालाई हेलिकप्टरमार्फत उद्दार गरिएको बताए ।
सम्बन्धित खबर
लमजुङको दूधपोखरीमा डुबेका १८ वर्षीय मनोजको शव डेढ महिनापछि सशस्त्रले निकाल्यो
लमजुङको दूधपोखरीमा नुहाउने क्रममा भुजुङका १८ वर्षीय किशोर बेपत्ता
लमजुङमा पहिरोले पुरिएर मजदुरको मृत्यु
लमजुङ कारागारको पर्खाल भत्किएपछि सबै कैदी र थुनुवालाई पोखरा र दमौली सारियो
बेँसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’