पोखरा महानगरपालिका वडा नं. १२ कार्यालयले आइटी पढ्ने विद्यार्थीका लागि निःशुल्क इन्टरनेटको व्यवस्था मिलाएपछि विद्यार्थीमा खुशी छाएको छ । वडा कार्यालयले ल्याएको नीति अनुसार आइटी पढ्ने विद्यार्थीलाई निःशुल्क रुपमा इन्टरनेटको सुविधा उपलब्ध गराएको हो ।
इन्टरनेटको सुविधा प्राप्त भएपछि पढाईमा सहज भएको विद्यार्थी प्रज्वल बास्तोलाले बताए । ‘अहिले इन्टरनेटको माध्यमबाट देश विदेशमा भएका घटना तथा विषय वस्तुको जानकारी पाउन सहज छ । कतिपय ठाउँमा इन्टरनेटको पहुँच पनि छैन तर यहाँ भने विद्यार्थीलाई निःशुल्क ईन्टरनेट उपलब्ध गराएर विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याइएको छ’, उनले भने ।
इन्टरनेटको व्यवस्था भएपछि अध्ययनमा सहयोग पुगेको अर्का विद्यार्थीले बताउँछन्। निःशुल्क इन्टरनेट निरन्तर पाएपछि विद्यार्थीहरु उत्साहित भएका छन ।
‘देशकै नमूना विद्यालयका रुपमा पुरस्कृत भइसकेका शितलादेवी, अमरसिंह मावि जस्ता विद्यालयलाई प्रविधिमैत्री बनाउँदै आइटी पढ्ने विद्यार्थीलाई निःशुल्क इन्टेरनेटको व्यवस्था वडाले नै गर्ने हो, सरकारी विद्यालयप्रति अझै विश्वास बढाउनका लागि जनप्रतिनिधिले अझै ध्यान दिनुपर्छ भनेर लागि परेका छौं ।’ – वडाध्यक्ष सन्तोष बास्तोलाले भने ।
वडाले नीति तथा कार्यक्रममै भौतिक पूर्वाधारभन्दा शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई जोड दिएर नीति तयार गरेको हो ।
वडा कार्यालयले असोजदेखि सुरु गरेको उक्त सेवाका कारण विद्यार्थीहरुलाई विभिन्न विषयको खोज अनुसन्धान गर्न सहज भएको छ । शिक्षण र प्रविधिलाई जोड दिँदै वडाबासीका लागि विविध सेवाहरू वडाले उपलब्ध गराउँदै आएको छ ।
सम्बन्धित खबर
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
यो पनि पढौँ
कास्कीका ३ क्षेत्रमै अग्रता बढाउँदै रास्वपा, पुराना दललाई ‘कोर एरिया’मै धक्का
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?