पोखरा । हृदयघातका कारण निधन भएकी गण्डकी प्रदेशसभा सदस्य विमला गौचनलाई गण्डकी प्रदेशसभा परिसरमा अन्तिम श्रद्धाञ्जली दिइने भएको छ ।
छोरा अमेरिका भएकाले उनी फर्केपछि मंसिर २ गते, आइतबार बेनीस्थित कालीगण्डकी किनारमा अन्त्येष्टि गरिने छ ।
त्यसअघि आइतबार बिहान साढे ८ बजे काठमाडौंदेखि हेलिकोप्टरमार्फत उनको पार्थीव शरीर ल्याई प्रदेशसभा परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने प्रदेशसभा सचिव हरिराज पोखरेलले बताए ।
डेंगु उपचारका क्रममा रहेकी सांसद गौचनको बिहीबार राति साढे १२ बजे काठमाडौंको ग्राण्ड हस्पिटलमा निधन भएको थियो । गत २०७९ सालको प्रदेशसभा चुनावमा नेपाली कांग्रेस म्याग्दीबाट समानुपातिक सांसद निर्वाचित गौचन ६३ वर्षकी थिइन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पोखरादेखि उपचारका लागि ग्राण्डी लगिएको थियो । उनलाई ५ दिनअघि डेंगु पुष्टि भएको थियो । तर, गएराति एक्कासि हृदयघात भएको चिकित्सकले जनाएका छन् ।
उनका एक छोरा रोशन र एक छोरी अनुषा छन् ।
गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद तथा पार्टीको गण्डकी प्रदेश सदस्यसमेत हुन् । नेपाल महिला संघ म्याग्दीका सभापति रहेकी उनी गण्डकी प्रदेशसभाअन्तर्गत अर्थ तथा विकास समिति सदस्यसमेत हुन् ।
सामाजिक अभियन्ताका रुपमा परिचित गौचन भारतको डा. भिमराव अम्वेडकर अवार्ड २०१९ बाट सम्मानित भएकी थिइन् ।
भारतीय संविधान निर्माता डा. अम्बेडकरको नाममा ३५ वर्ष अघि स्थापित सो अवार्डबाट नेत्री गौचन सम्मानित भएकी हुन् ।
विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील गौचनले एकल महिला समूह म्याग्दीको अध्यक्ष भएर लामो समय सामाजिक क्षेत्रमा काम गरेकी थिइन् ।
उनी सहकारी अभियान्ता थिइन् भने बेनीको कालिपुलमा गौचन गेष्ट हाउस (होटल यती) सञ्चालन गरेकी थिइन् ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो