पोखरा महानगरबाट निश्कासनमा परेका कर्मचारीले अदालत गुहारे

अदालत आदेश

पोखरा महानगरबाट निश्कासनमा परेका कर्मचारीले अदालत गुहारे

विपक्षीका नाममा कारण देखाउ आदेश

High-Court-uchcha adalat Pokhara

पोखरा महानगरपालिकाले निकालेका करारका कर्मचारीले उच्च अदालत पोखरामा रिट दर्ता गरेका छन् ।

कात्तिकको महिनासम्मको तलब र पर्व वापतको खर्च समेत दिने गरी निकालिएका २८ जना प्राविधिक कर्मचारीमध्ये प्रकाश वाग्ले, भुवनेश्वर तिमिल्सिना र शारदा गिरीले कात्तिक २७ गते मंगलबार अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् ।

उक्त रिटमा बुधबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मेरिना श्रेष्ठको इजलाशले कारण देखाउ आदेश जारी गरेको छ । रिटमा निवेदकका तर्फबाट अधिवक्ता कमलप्रसाद अर्यालले बहस गरेका थिए ।

‘यसमा के, कसो भएको हो ? निवेदकहरुको माग अनुसारको आदेश किन जारी हुनु नपर्ने हो ? निवेदकहरुको निवेदन माग अनुसारको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाणसहित म्याद सूचना तामेल भएको मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र विपक्षीहरुको हकमा आफै वा आफ्नो प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्नुहोला भनी विपक्षीहरुको नाममा प्रस्तुत आदेश र निवेदनको प्रतिलिपी समेत साथै राखी म्याद सूचना पठाई लिखित जवाफ परेपछि वा सोको अवधि व्यतित भएपछि नियमानुसार गरी पेश गर्नुहोला,’ आदेशमा भनिएको छ ।

निवेदनमा अन्तरिम आदेश समेत जारी गरी पाउन माग गरिएको छ । विषयवस्तुको संवेदनशीलता एवं गाम्भीर्यताका कारण दुवै पक्षको उपस्थितिमा छलफल भई अन्तरिम आदेश जारी हुने वा नहुने सम्बन्धमा निष्कर्षमा पुग्न उपयुक्त हुने देखिएकाले अन्तरिम आदेशको छलफलका लागि शुक्रबारका लागि अदालतले दुवै पक्षलाई बोलाएको छ ।

कात्तिक १४ गते बसेको कार्यपालिकाको बैठकले करारका २८ कर्मचारीसहित केही शिक्षिका र सामाजिक परिचालकलाई हटाउने निर्णय गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ