नेपालले फिफा विन्डोअन्तर्गत खेलिएको त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा शनिबार अफगानिस्तानलाई २-० गोलले पराजित गरेको छ ।
पहिलो हाफमा बराबरी टुंगिएको थियो । दोस्रो हाफको एक मिनेट नबित्दै जिलेस्पीजँग कार्कीले गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए । दोस्रो गोल ७८औँ मिनेटमा रोहित चन्दले गरेका थिए ।
अफगानी टिमले सुरुदेखि नै नेपाललाई दबाबमा राखेको थियो । नेपालले कमै अवसर पाएको थियो । तर पाएका दुई अवसरलाई सदुपयोग गरेको हो ।
अफगानी टिमले थुप्रै अवसर पाए पनि त्यसलाई नेपाली खेलाडीले विपल पारेका थिए । अफगानी टिममाथि वर्चस्व राख्दै आएको नेपालले डुसान्बेस्थित सेन्टर स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा पनि निरन्तरता दिन सफल भएको छ ।
अफगानी राष्ट्रिय टिमसँग नेपालले ११ वर्षपछि खेलेको हो । सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा भएको थियो ।
खेलमा अफगानिस्तानले नेपाललाई १-० ले पराजित गरेको थियो । सन् २००६ यता यी दुई टिमबीच ६ खेल भएको छ । त्यसमा नेपालले ३ र अफगानिस्तानले २ खेल जितेको थियो । एक खेल बराबरी टुंगिएको थियो । अफगानी टिम फिफा वरीयतामा नेपालभन्दा २५ स्थानमाथि छ ।
नेपालका मुख्य प्रशिक्षक नवीन न्यौपानेले फिफा वरीयतामा आफूभन्दा माथिको अफगानी टिमविरुद्ध सुझबुझका साथ खेलेकाले जित निकाल्न सफल भएका बताए ।
उनले भने, ‘अफगानसँग उत्कृष्ट प्रदर्शन गर्दै विरासत कायम राखेर सकारात्मक नतिजा निकाल्न चाहन्थ्यौं । त्यसमा सफल भएका छौँ ।’
नेपाल यसअघि घरेलु टोली ताजकिस्तानसँग ४-० ले हारेको थियो ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा