पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दु कुमार थापाले उत्पादन र रोजगारीलाई शिक्षासँग जोड्न आवश्यक रहेको बताएका छन् । शनिबार पोखरा १६ स्थित विन्ध्यवासिनी क्याम्पसको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले परम्परागत शैलीको शिक्षाले मात्र सोचेजस्तो उपलब्धी हासिल नहुने बताए ।
“ परम्परागत शिक्षाले सोचेजस्तो उपलब्धी हासिल हुन सकेन । परिवर्तनको कडी नै शिक्षा हो । शिक्षाको माध्यम बाट नै समृद्धि प्राप्त हुन्छ । उत्पादन र रोजगारी सङ्ग शिक्षालाई जोड्नपर्छ । व्यवसायिक र सीपयुक्त शिक्षा आजको आवश्यकता हो ।”, उनले भने ।
मन्त्री थापाले प्रदेश सरकारले शिक्षा क्षेत्रमा सुधार ल्याउन केही नयाँ कार्यक्रम ल्याएको जानकारी गराए । उनले अभिभावक शिक्षा, सिक्दै कमाउँदै कमाउँदै सिक्दै, फ्राइडे फर फ्युचर जस्ता कार्यक्रमले विद्यार्थीको आकर्षण बढाउने उल्लेख गरे ।
विन्ध्यवासिनी क्याम्पस लाई प्रभावकारी बनाउन गुणस्तरीय शिक्षामा ध्यान दिन उनले आग्रह गरेका छन् । क्याम्पसमा देखिएको हर किसिमको समस्या समाधानमा आफुु पदमा रहे पनि नरहे पनि सदैव साथमा रहेको भनाई उनको छ । प्रदेश सरकारले सामुदायिक क्याम्पसका लागि वार्षिक रुपमा नै अनुदान उपलब्ध गराउँदै आएको उनले बताए । क्याम्पसको पुस्तकालयको स्तरोन्नतिमा प्रदेश सरकार सकरात्मक रहेको भनाई उनको छ ।
कार्यक्रममा पोखरा १६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले विन्ध्यवासिनी क्याम्पसको भवन बन्नुपर्छ भन्ने विषयमा सकरात्मक हुन आग्रह गरेका छन् । विद्यमान कानूनका कारण क्याम्पसको भवनको कामले गति पाउन नसकेको र उक्त समस्याको समाधानमा नै वडाले काम गरिरहेको भनाई उनको छ ।
क्याम्पसका सिनेटर राम बहादुर बानियाँले भारतीय राजदुतबाट क्याम्पसका लागि छुट्टिएको रकम गुम्न दिन नहुने उल्लेख गरे । क्याम्पसको गतिविधिका बारेमा क्याम्पस प्रमुख सुमन केशव पराजुलीले जानकारी गराएका थिए भने स्वागत विजय शर्माले गरेका थिए । क्याम्पसले उतिर्ण विद्यार्थीलाई सम्मान समेत गरेको छ ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’