पोखरा । पोखरामा चलचित्र दिलसराको शुक्रबार चौथो पटक प्रदर्शन भएको छ । लालीगुरास पुन मगर समाज लामाचौरको आयोजनामा गरिएको प्रदर्शनमा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
मगर समुदायको सांस्कृतिक, सामाजिक र आर्थिक जस्ता बुहआयामिक पक्षलाई समेटेर निर्माण गरिएको भएता पनि समग्र नेपाली महिलाहरुले भोग्नुपरेको यथार्थ भोगाईलाई चलचित्रमा दर्शाइएको हुनाले मगरमात्र नभइ सबै समुदायका दर्शकहरुले पनि चलचित्र उत्कृष्ठ रहेको प्रतिक्रिया दिएका छन् ।
चलचित्र हेरिरहँदा दर्शकहरुमा कहिले हासोले हल नै गुञ्जिन्थ्यो भने कहिले भावुकताले हल नै सन्नाटा छाउँथ्यो । चलचित्र हेरेर हलबाट बाहिरिदै गर्दा दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । अहिलेसम्म आफूले जिवनमा हेर्न नपाएको कथा चलचित्र दिलसरमा पाएँ भन्ने केही दर्शकको भनाइ थियो भने अझै मौका पाए यो चलचित्र फेरि पनि हेर्ने धोको रहेको भन्दै प्रतिक्रिया दिएका थिए ।
लालीगुरास पुन मगर समाजका अध्यक्ष तारादेवी गर्बुजामगरले चलिचत्र दिलसराले समाजको यथार्थ विषयलाई चित्रण गरिएको हुनाले चलचित्र एकदमै राम्रो रहेको बताइन् । महिलाहरुलाई समाजले हेर्ने दृष्टि र गरिने व्यावहारले गर्दा भोग्नुपरेको महिलाहरुको पीडालाई दर्शाइनुका साथै चलचित्र सन्देशमुलक रहेको र केही गर्छु भन्ने सोच भएका युवाहरुले यो चलचित्र हेर्नैपर्ने बताइन् ।
यसैगरी आमा समूहका अध्यक्ष राजकुमारी पुनले चलचित्र हेर्दै जाँदा आफू कथाभित्र हराउँदा चलचित्र सकिएको थाहै नभएको बताइन् । हाम्रो समुदायको संस्कृतिहरुलाई यसरी नै चलचित्रमा उतारेर नयाँ पुस्तालाई हस्तान्तरण गर्न र थप यस्तै चलचित्र निर्माण गर्न चलचित्र टिमलाई हौसला दिइन् ।
पत्रकार पुनम थापा मगरले चलचित्र दिलसरा राम्रो मात्र नभइ युवा देखि बृद्धाबृद्ध दर्शकको दिल जित्न सफल भएको बताइन् ।

दर्शकहरुबाट आएको सकारात्मक प्रतिक्रियाले आफूहरुले गरेको मेहनत समुदायको लागि उदाहरणीय बन्न सक्नेमा विश्वास रहेको निर्माता, पटकथा तथा संवाद लेखक मिना थापा मगरले बताइन् । मगर समुदायमा रहेको संस्कृति भित्रको विकृतीलाई उजागर गर्दै सकारात्मक सन्देश प्रवाह गरेकोले चलिचत्र दिलसरा सबैको मनमा बस्न सफल भएको अर्का निर्माता हर्क आले मगरले बताए ।
चलचित्रमा तनुहँ भिमाद नगरपालिका ४ पिरुङकी सृष्टी राना मगरको मुख्य भुमिएको रहेको छ । दर्शकको सोचेभन्दा धेरै माया पाउँदा खुसी लागेको नायिका सृष्टी राना मगरले बताइन् ।
मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’को यस अघि, पोखरा बुटवल, पाल्पा रामपुर र तनहुँको म्याग्दे, भिमाद, दमौली, शुक्लागण्डकी, स्याङ्जाको हरिनास गा.पा. र युकेको विभिन्न शहरहरुमा प्रदर्शन भइसकेको छ भने अन्य जिल्लामा पनि प्रदर्शनको क्रममा रहेको निर्माता टिमले जनाएको छ ।
यसमा चलचित्रकी मुख्य पात्र तथा नायिका दिलसराले गरेको संघर्षलाई देखाइएको । मेनेको फिल्म्स एण्ड मिडिया हाउस’ को व्यानरमा निर्मित चलचित्रको निर्देशन अशोक आलेमगरले गरेका छन् । चलचित्रको कार्यकारी निर्माता मेजर प्रेम थापा मगर, निर्माताहरुमा हर्क आले मगर, जुना थापा र मीना थापा रहेका छन् ।
चलचित्रको कथा जुना थापा मगर, पटकथा संवाद मीना थापा मगरले लेखेका हुन् भने चलचित्रमा सृष्टि राना मगर, कल्याण राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खबपु), गुना थापा मगर, भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारले अभिनय गरेका छन् ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो