पोखरा । कास्की जिल्लामा पनि सत्तारूढ दलहरू नेपाली काँग्रेस र नेकपा एमालेको संयन्त्र सक्रिय भएको छ । दुई पार्टीको केन्द्रीय सहमति अनुसार पार्टीका जिल्ला सभापति/अध्यक्ष, सचिवद्वय र जिल्ला ईञ्जार्च वा केन्द्रीय सदस्य रहेको संयन्त्र निर्माण भएको छ । यसै संयन्त्रको पहिलो बैठक पोखरामा बसेको हो ।
काँग्रेस कास्की र एमाले कास्कीको दुई दलिय राजनीतिक संयन्त्रको बैठकले विभिन्न १० निर्णयहरू पनि गरेको छ । नेकपा (एमाले) केन्द्रिय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज कृष्ण थापाको अध्यक्षतामा बसेको बैठकमा नेपाली कांग्रेसको तर्फबाट सभापति किशोरदत्त बराल, उपसभापति युवराज कुँवर र नेकपा एमालेका तर्फबाट ईञ्चार्ज थापासहित अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, सचिव दर्शन लामाको उपस्थिति थियो ।
आगामी बैठक दुवै दलको सहमतिमा आलोपालो प्रणालिमा संयोजन गर्ने निर्णण गरिएको छ । यस्तै, कास्की जिल्लामा रहेका सबै स्थानिय तहमा विकास निर्माण र अन्य समस्या समाधानका लागि जिल्ला संयन्त्रले आवश्यक सहजीकरण गर्ने निर्णय पनि गरेको छ ।
एमाले कास्कीका सचिव दर्शन लामाका अनुसार दुई पार्टीबीचको सत्ता सहकार्यको आवश्यकतालाई जनताको तहसम्म पुर्याउन र संयुक्त सरकारले गरेको काम र योजनाको पक्षमा जनमत निर्माण गर्न आवश्यक सहजीकरण गर्ने निर्णय पनि गरिएको छ ।
पोखरा अन्तरराष्ट्रिय क्षेत्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान सञ्चालनका लागि आवश्यक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने, पोखराको आर्थिक विकास एवं पर्यटन प्रवर्द्धनको लागि अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र पोखरामा अति आवश्यक देखिएकोले सो निर्माणको लागि नेपाल सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ ।
व्यवस्थित पोखरा महानगरपालिका, आधुनिक पोखरा शहर निमार्ण गर्न, ट्राफिक व्यवस्थापन गर्न तथा कास्की जिल्लाकै समग्र आर्थिक विकासलाई प्रवर्द्धन गर्न, कास्की जिल्ला स्थित सबै पालिकालाई जोड्ने गरी चक्रपथ सडकको अति आवश्यक महशुस भएकोले सो चक्रपथ सडक निमाण प्रकृयाको लागि सम्बन्धित निकायलाई पहल गर्ने पनि दुई दलीय सहमति छ ।
पोखरामा रहेको अव्यवस्थित यातायातलाई व्यवस्थित गर्न अत्याधुनिक बसपार्क आवश्यक रहेको हुँदा सो को चाँडो भन्दा चाँडो निर्माणका लागि सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउने, कास्की जिल्ला भित्र रहेका प्राकृतिक स्रोत साधनहरूको संरक्षण एवं सम्वद्र्धनको लागि प्रभावकारी कार्यान्वयनको लागि राजनीतिक पार्टीको तर्फबाट आवश्यक सहजीकरण गर्ने निर्णय गरिएको छ ।
चीन सरकारको ऋण सहयोगमा निर्माण भएको पोखरा अन्तराष्ट्रिय क्षेत्रिय विमानस्थल निर्माण भएको उक्त ऋणलाई अनुदानमा रुपान्तरण गर्नका लागि दुई देशको कुटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्ने, पोखरा महानगरपालिकाको फोहोर मैला व्यवस्थापनको कामलाई छिटो छरितो व्यवस्थापन गर्न पोखरा महानगरपालिकाको ध्यानाकर्षण गराउने पनि निर्णय गरिएको छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो