पोखरा । पोखरेली क्रिकेटरद्वय रचना चौधरी र दिपेश खत्रीलाई पोखरामा सम्मान गरिएको छ ।
पोखरा महानगर क्रिकेट संघले एक समारोहका बीच दुई खेलाडीको सम्मान गरेको हो ।
१९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीबाट छनौट हुन सफल पोखरा गलेश्वरकी रचना चौधरी र पोखरा चाउथेका दिपेश खत्रीलाई उनीहरूले पोखराको क्रिकेट विकासमा पु¥याएको योगदानको कदर गर्दै संघले सम्मान गरेको हो । पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले उनीहरूलाई दोसल्ला ओडाएर सम्मान–पत्र प्रदान गरे ।
सो अवसरमा बोल्दै अध्यक्ष गोदारले खेलाडीहरू राष्ट्रको गहना भएको बताउँदै उनीहरुलेनै अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको सान उँचो पार्ने औल्याए । पोखरा महानगर क्रिकेट समितिको सहयोगमा महानगर क्रिकेट संघले आयोजना गरेको क्रिकेटको ग्रासरुट कार्यक्रमबाट रचना जस्तै अन्य होनहार खेलाडी उत्पादन हुनेमा उनले विश्वास व्यक्त गरे ।
उनले यो कार्यक्रमलाई निरन्तरता प्रदान गरिने प्रतिवद्धता जाहेर गरे । पोखराको क्रिकेट विकासमा पूर्व अन्तर्राष्ट्रिय खेलाडी दिपेश खत्रीको योगदान अतुलनीय रहेको बताउँदै उनको अनुभव पोखराको क्रिकेट विकासमा लगाउनुपर्ने गोदारको भनाई थियो ।
पोखरा महानगर क्रिकेट संघका अध्यक्ष वीरेन्द्र पुनले क्रिकेटमा नवप्रतिभाशाली खेलाडी खोज्नका लागि ग्रासरुट कार्यक्रमलाई निरन्तरता प्रदान गरिने बताउँदै पोखरामा रचना चौधरी जस्तै सम्भावना बोकेका अन्य खेलाडीहरूले पनि आगामी दिनमा सफलताको सिडी चढ्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, नेपालको टिमबाट विश्वकप खेलिसकेका क्रिकेटर दिपेशले अहिले पनि एकल प्रयासमा लेखनाथमा मैदान निर्माण गरी क्रिकेट विकासका लागि विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएको बताए ।
संघका उपाध्यक्ष समेत रहेका प्रशिक्षक गोविन्द प्रधानले आफ्नै चेली रचनाले विश्वकपको यात्रा तय गर्दा आफूभित्र खुसीको सिमाना नरहेको जनाए । अभिभावक दीपक आचार्यले हिजोसम्म पोखराको क्रिकेट मैदानमा आफ्नै बच्चाहरूसँग क्रिकेट खेल्दै गरेकी रचनालाई विश्वकप सम्म पुगेको देख्न पाउँदा क्रिकेटमा भोलिका दिन उज्जालो रहेको जनाए ।
दृश्यम मिडियाका सम्पादक विनोद लामिछानेले सम्मानित दुबैजनालाई बधाई ज्ञापन गर्दै पोखराको क्रिकेट विकासका लागि आफ्नों मिडियाले बिगतकै जस्तो सबैसंग सहकार्य गर्दै जाने बताए ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ