मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
बुधबार जिल्ला अदालत काठमाडौंले उनलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको साइबर ब्युरोका प्रवक्ता एवं एसपी दिपकराज अवस्थीले जानकारी दिए।
साइबर अपराधको आरोपमा पक्राउ परेका प्रसाईंलाई म्याद थप्न जिल्ला अदालत काठमाडौं लगिएको थियो।
विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्न प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। उनकै निवासबाट जिल्ला प्रहरी परिसर भक्तपुरबाट २५ जनालाई नियन्त्रणमा लिएको थियो। १५ जनालाई भने गए राति नै छाडेको थियो।
यता प्रसाईंमाथि अनुसन्धान गर्न सिआइबीले साइबर ब्युरोमा पठाएको थियो।
ब्युरोले अबेरमात्रै प्रसाईंलाई बुझेपछि नभ्याएको भन्दै अदालतमा पेस गरेको थिएन। कुनै पनि व्यक्तिलाई पक्राउ गरेपछि प्रहरीले ती व्यक्तिलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनुपर्ने कानुनी व्यवस्था छ।
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको अपुष्ट ‘प्रमाण’ प्रसाईंले सार्वजनिक गरेका थिए।
के छ सजायको व्यवस्था
साइबर ब्युरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक नविन्द अर्यालका अनुसार किर्ते कागजत्र तयार गरी अनधिकृत रूपमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नेमाथि विद्युतीय अपराध नियन्त्रण ऐनको कसुरमा अनुसन्धान हुने कानुनी व्यवस्था छ ।
यस्तो कसुरमा पक्राउ परेका आरोपीलाई ब्युरोले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । किर्ते कागजपत्र तयार गरी सामाजिक सञ्जालबाट गलत प्रचार गरी भ्रमपूर्ण सन्देश फैलाएको प्रमाणित गर्नेविरुद्ध एक लाख रुपियाँ जरिबाना वा पाँच वर्ष कैद तथा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने