पोखरा । पृथ्वी नारायण क्याम्पसका सहप्राध्यापक रबिराज बराललाई बिदाई गरिएको छ । सेवा निवृत्त भएका इतिहास विभागका सहप्राध्यापक बराललाई बुधबार क्याम्पसमा एक समारोहका बीच बिदाई गरिएको हो । उक्त अवसरमा बराललाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि निमित्त क्याम्पस प्रमुख डा. मिनराज लम्सालले शिक्षण जीवनमा बरालको योगदानको चर्चा गर्दै सुखद् निवृत्त जीवनको कामना गरे ।
इतिहास विभागका प्रमुख बसन्तप्रसाद पराजुलीले सहप्राध्यापक बरालसँगको सौहार्द सम्बन्धको स्मरण गर्दै सक्रिय र स्वस्थ जीवनको लागि शुभकामना दिए ।
इतिहास विभागको तर्फबाट बिदाई मन्तव्य राख्दै सहप्राध्यापक अर्जुन बहादुर भण्डारीले बरालको शैक्षिक व्यक्तित्व र जीवनका बारेमा चर्चा गरेका थिए । पूर्व विभागीय प्रमुख राधा भण्डारीले बरालसँगको लामो सहकार्यका अनुभव साझा गरे ।
कार्यक्रममा विद्यार्थी कल्याण तथा खेलकुद विभाग प्रमुख बोधराज ढकाल, क्याम्पसमा कार्यरत कर्मचारीको तर्फबाट पूर्णबहादुर गुरुङ, विद्यार्थीहरुको तर्फबाट विपिन आचार्यलगायतले शुभकामना व्यक्त गरे ।
इतिहासका विभागीय प्रमुख बसन्त प्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विभागका उपप्राध्यापक नारायणप्रसाद ढकालले गरेका थिए ।

सम्बन्धित खबर
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?