पोखरा । तालचोक–बेगनास सडक खण्ड विस्तारको काम भइरहेको छ ।
विकास साझेदार विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भइरहेको उक्त सडकको पछिल्लो अवस्थाका बारेमा स्थलगत अनुगमन गरिएको छ । विश्व बैंकका टास्क टिम लिडर अवेबाओ सम्मीलित टोलीले स्थलगत अवलोकन गरेको हो ।
टोलीले तालचोक–बेगनास सडक–खण्ड, कालिकास्थान–पुँडीटार–लामेआहाल सडक र शिशुवा सिसाघाट सडकको समेत अवलोकन गरेको छ । टोलीले तालचोकको बेगनासको सडकका सम्बन्धमा तोकिएको समयमा नै काम सक्ने गरी कामको गति बढाउन ताकेता गरेको छ भने, अन्य दुई वटा सडकको पछिल्लो प्रगति निकै राम्रो रहेको बताएको छ ।
३.२८ कि.मी लम्बाइको तालचोक बेगनास सडक हरियाली, फुटपाथ, साइकल ट्र्याक र डिभाइडर सहित चार लेनमा स्तरोन्नति हुदैँछ । १.५ मिटरको डिभाइडर, दुवै छेउमा २.५ मिटर पार्किङ स्पेस, दुवै छेउमा १ मिटर चौडाइको हरियाली क्षेत्र, दुवै छेउमा नाली माथि २ मिटर चौडाइ फुटपाथ र सडकमा ४ सेमी मोटाइको अस्फाल्ट पिच हुनेछ ।
उता कालिकास्थान–पुँडीटार–लामेआहाल सडकको भने सेक्सन एक र दुई गरी दुई वटा खण्डमा काम भइरहेको छ । करिब १२.४४ कि.मी सुविधा सम्पन्न सडक निर्माण हुनेछ । ७ मिटर चौडाइको सडक अस्फाल्ट पिच हुनेछ । सडकको दायाँबायाँ ड्रेन सहितको २/२ मिटरको फुट ट्र्याक हुनेछ । विश्व बैंकको ३ अरब आर्थिक सहायतामा यो सहित तालचोक बेगनास सडक र शिशुवा–शिशाघाट सडक स्तरोन्नति गर्न लागिएको हो ।
यी सडकहरू निर्माणले त्यस क्षेत्रका नागरिकहरूलाई आवागमनमा सहजता प्रदान हुनुका साथै कृषिजन्य उत्पादनहरूको बजारीकरणमा समेत उल्लेखनीय योगदान गर्नेछ ।
सम्बन्धित खबर
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
प्रतिभा माविमा बिजनेस प्लानसम्बन्धी प्रस्तुती
पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
पोखरामा मधुमेह दिवस मनाइयो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’