पोखरामा ऋग्वैदिक हिमालय द्वितीय अन्तर्राष्ट्रिय सम्मेलन हुनेको भएको छ ।
मुक्त फाउण्डेशन, सुलक्षण कीर्ति क्याम्पस, गण्डकी प्रज्ञा प्रतिष्ठान, युनिभर्सिटी ग्राण्ट कमिसनको आयोजना तथा संयोजनमा पोखराको गण्डकी प्रज्ञा प्रतिष्ठानमा सम्मेलन हुने मुक्त फाउण्डेशनका अध्यक्ष तथा सम्मेलनका संयोजक दामोदर त्रिपाठीले जानकारी दिए ।
यही मंसिर २२ र २३ गते हुने सम्मेलनमा वैदिक ज्ञान तथा आधुनिक समाज विज्ञानसँग सम्बन्धित विज्ञहरूबाट हिमाली समाज र संस्कृतिका बारेमा खोज तथा अनुसन्धानात्मक विचार तथा कार्यपत्रहरू प्रस्तुत हुने त्रिपाठीले जनाए ।
दुई दिनसम्म चल्ने सम्मेलनमा नेपाल, भारत, दक्षिणपूर्वी एसिया, युरोप र अमेरिकाबाट आउने ४० जना भन्दा बढी विज्ञहरूबाट प्राज्ञिक कार्यपत्रहरु प्रस्तुत गरिने कार्यक्रम छ ।
सम्मेलनमा १० भन्दा बढी विदेशी प्रस्तोताहरूले अनलाइन माध्ययमबाट कार्यपत्र प्रस्तुत गर्नेछन् । सुन्दर पर्यटकीय नगर पोखरामा विदेश तथा देशका विभिन्न विश्वविद्यालय, कलेज र शैक्षिक तथा साँस्कृतिक र पर्यटकीय क्षेत्रमा आवद्ध २ सय जना भन्दा बढी व्यक्तित्वहरूको उपस्थिति र सहभागिता सम्मेलनमा रहने त्रिपाठीले खुलाए ।
‘सम्मेलनमा नेपालको हिमाली पर्यावरण, हिमाली सभ्यता र संस्कृति बीचको अन्तर सम्बन्ध र यसमा आधारित वैदिक ज्ञान विज्ञान तथा विचारहरूका सम्बन्धमा छलफल र बहस हुनेछ ।’ उनले भने ।
सम्मेलनलाई सफल रुपमा सञ्चालन गर्न तीनै तहका सरकारसँग पहल गरिरहेको त्रिपाठीले जानकारी दिए ।
यस सम्मेलनबाट प्राप्त उपलब्धि र भावी योजनाका सम्बन्धमा पनि सबै सरोकारवाला पक्षहरूसँग सहकार्य र समन्वय गर्ने प्रेस संयोजक मदनमणि तिमिल्सिनाले जानकारी दिए।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो