पोखरामा ऋग्वैदिक हिमालय द्वितीय अन्तर्राष्ट्रिय सम्मेलन हुनेको भएको छ ।
मुक्त फाउण्डेशन, सुलक्षण कीर्ति क्याम्पस, गण्डकी प्रज्ञा प्रतिष्ठान, युनिभर्सिटी ग्राण्ट कमिसनको आयोजना तथा संयोजनमा पोखराको गण्डकी प्रज्ञा प्रतिष्ठानमा सम्मेलन हुने मुक्त फाउण्डेशनका अध्यक्ष तथा सम्मेलनका संयोजक दामोदर त्रिपाठीले जानकारी दिए ।
यही मंसिर २२ र २३ गते हुने सम्मेलनमा वैदिक ज्ञान तथा आधुनिक समाज विज्ञानसँग सम्बन्धित विज्ञहरूबाट हिमाली समाज र संस्कृतिका बारेमा खोज तथा अनुसन्धानात्मक विचार तथा कार्यपत्रहरू प्रस्तुत हुने त्रिपाठीले जनाए ।
दुई दिनसम्म चल्ने सम्मेलनमा नेपाल, भारत, दक्षिणपूर्वी एसिया, युरोप र अमेरिकाबाट आउने ४० जना भन्दा बढी विज्ञहरूबाट प्राज्ञिक कार्यपत्रहरु प्रस्तुत गरिने कार्यक्रम छ ।
सम्मेलनमा १० भन्दा बढी विदेशी प्रस्तोताहरूले अनलाइन माध्ययमबाट कार्यपत्र प्रस्तुत गर्नेछन् । सुन्दर पर्यटकीय नगर पोखरामा विदेश तथा देशका विभिन्न विश्वविद्यालय, कलेज र शैक्षिक तथा साँस्कृतिक र पर्यटकीय क्षेत्रमा आवद्ध २ सय जना भन्दा बढी व्यक्तित्वहरूको उपस्थिति र सहभागिता सम्मेलनमा रहने त्रिपाठीले खुलाए ।
‘सम्मेलनमा नेपालको हिमाली पर्यावरण, हिमाली सभ्यता र संस्कृति बीचको अन्तर सम्बन्ध र यसमा आधारित वैदिक ज्ञान विज्ञान तथा विचारहरूका सम्बन्धमा छलफल र बहस हुनेछ ।’ उनले भने ।
सम्मेलनलाई सफल रुपमा सञ्चालन गर्न तीनै तहका सरकारसँग पहल गरिरहेको त्रिपाठीले जानकारी दिए ।
यस सम्मेलनबाट प्राप्त उपलब्धि र भावी योजनाका सम्बन्धमा पनि सबै सरोकारवाला पक्षहरूसँग सहकार्य र समन्वय गर्ने प्रेस संयोजक मदनमणि तिमिल्सिनाले जानकारी दिए।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार