पोखरा । पोखराको धार्मिक पर्यटकीय स्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामका साथ मनाइएको छ।
पोखरा महानगरपालिका वडा नं १९ घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सयौं भक्तजनको सहभागितामा सद्विज छरेर बालाचतुर्दशी पर्व मनाईएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिए। बिभिन्न ध्वजा पताका र तोरणले सजिएको मन्दिरमा सद्विज छर्न र दर्शनका लागि विहानै देखि भक्तजनको भीड लागेको थियो। रूद्री पुजा गरिसकेपछि मात्रै सद्विज छर्ने धार्मिक परम्परा भएपनि बिहानै भक्तजनको भीड लागेको स्थानीय प्रेम बहादुर जिसीले जानकारी दिए। स्थानीय जाडुमुनी निवासी विष्णु प्रसाद पौडेलको घरबाट विधिपूर्वक पूजा आजा गरि निकालिएको फूलको डोली बाजा गाजा र भजन किर्तन सहित विभिन्न भागको परिक्रमा गरी मन्दिर परिसरमा पुर्याइएको थियो। फूलको डोली निकाल्दा र बोक्दा मनले चिताएको इच्छा पूरा हुने जनविश्वास रहिआएको छ।
त्यस क्षेत्रमा सद्विज छर्न लामाचौर, बाटुलेचौर, हेम्जा, अर्मला, कुरेचौर, हरिपाउँ, पुरन्चौर लगायतका क्षेत्रबाट भक्तजन आउने गरेको होटल व्यवसायी हिमलाल पौडेल अभिशेकले बताए। चोखो नितो गरी शुद्ध भई सद्विज छर्नाले पितृ उद्धार हुने धार्मिक मान्यता रहेको छ। धार्मिक मेलामा विश्व हिन्दु महासंघ पोखरा १९ , भुमे मैदान भजन समुह र स्थानीय युवाले दिनभर भजन किर्तन गरी सहभागी भक्तजनलाई मनोरञ्जन समेत दिएका थिए। स्थानीय आमा समूहले भक्तजनका लागि पानी तथा प्रसादको व्यवस्थापन गरेका थिए। पछिल्लो समयमा विभिन्न व्यक्ति, संघ संस्थाको सहयोगमा मन्दिरलाई व्यवस्थित र नियमित रूपमा पुजाआजा गरिएको समितिका कोषाध्यक्ष तेजेन्द्र पौडेलले जानकारी दिए।
बिहानैबाट चलेको सद्विज छर्ने कार्य र भजन किर्तन साँझ अबेरसम्म जारी रहेको मन्दिरका पुजारी रामचन्द्र पौडेलले बताए। त्यहाँ पुग्ने भक्तजनले यस क्षेत्र हिन्दू धर्मावलम्बीको पवित्र भूमि रहेको बताउदै, यसको वृहत्तर विकासको लागि क्षेत्र विकास समिति मार्फत सबैलाई समेट्न सुझाव दिएका छन् । मन्दिर परिसरमा नै रहेको घार्मी भ्यु टावरले त्यहाँ थप आकर्षण थपेको छ।
पोखराको दृश्य सहित मनोरम अन्नपूर्ण हिमशृङ्खला र माछापुच्छ्रेको दृश्य नजिकैबाट देख्न सकिने उक्त क्षेत्रमा दिनहुँ जसो सयौं पर्यटक पुग्ने गरेका छन्। मन्दिर स्थापना देखि नै बालाचतुर्दशी तथा महाशिवरात्रि पर्व विशेष रूपमा मनाउने गरिन्छ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो