धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूविरूद्ध समाचार लेखेका पत्रकारलाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई पत्र लेखेका छन्।
खोज पत्रकारिता केन्द्र (खोपके) मा पत्रकार गोपाल दाहालले ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितीको दलदलमा धरान’ शीर्षकमा समाचार लेखेका थिए।
आफूविरूद्ध समाचार लेख्ने दाहाल र सेयर गरेका पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राईलाई कारबाही गर्न मेयर साम्पाङले आइतबार गृहमन्त्री लेखकलाई पत्र लेखेका हुन्।
पत्रकार दाहालले समाचारमा आफूलाई नक्कली माओवादी बनेर चन्दा असुलेको उल्लेख गरेको र उक्त विषय झुटो भएको मेयर साम्पाङले गृहमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ।
साथै झुटो समाचारलाई जनकऋषि भन्ने व्यक्तिले दुष्प्रचार गरेको दाबी पनि मेयर साम्पाङको छ।
‘दुवैलाई कानुन मुताबिक कारबाही गरी लोकतन्त्रमा नागरिकको मताधिकार र जनदेशबाट निर्वाचित नगर प्रमुखजस्तो पदलाई अपमान र अनादर गरी भ्रम फैलाउने तथा मानहानी गरी प्रेस स्वतन्त्रताका नाममा पार्टीगत आग्रह पूर्वाग्रह राखी लोकतन्त्रलाई नै निकृष्ट र बदनाम गर्ने आपराधिक, असामाजिक, अमर्यादित कृत्य र त्यसबाट हुन जाने विकृतिलाई रोक्न आवश्यक कदम चालियोस् भन्ने अनुरोध छ,’ मेयर साम्पाङले गृहमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ।
उनले प्रेस स्वतन्त्रताको नाममा व्यक्ति र पद दुवैको मानहानि गर्नेलाई कारबाही गर्न पनि माग गरेका छन्।
समाचारमा चित्त नबुझे प्रेस काउन्सिललगायत सम्बन्धित निकायमा जानुपर्नेमा मेयर साम्पाङले गृहमन्त्रीलाई पत्र लेख्दै आफूविरूद्ध समाचार लेखेका पत्रकारलाई कारबाहीको माग गरेका हुन्।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने