धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूविरूद्ध समाचार लेखेका पत्रकारलाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई पत्र लेखेका छन्।
खोज पत्रकारिता केन्द्र (खोपके) मा पत्रकार गोपाल दाहालले ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितीको दलदलमा धरान’ शीर्षकमा समाचार लेखेका थिए।
आफूविरूद्ध समाचार लेख्ने दाहाल र सेयर गरेका पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राईलाई कारबाही गर्न मेयर साम्पाङले आइतबार गृहमन्त्री लेखकलाई पत्र लेखेका हुन्।
पत्रकार दाहालले समाचारमा आफूलाई नक्कली माओवादी बनेर चन्दा असुलेको उल्लेख गरेको र उक्त विषय झुटो भएको मेयर साम्पाङले गृहमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ।
साथै झुटो समाचारलाई जनकऋषि भन्ने व्यक्तिले दुष्प्रचार गरेको दाबी पनि मेयर साम्पाङको छ।
‘दुवैलाई कानुन मुताबिक कारबाही गरी लोकतन्त्रमा नागरिकको मताधिकार र जनदेशबाट निर्वाचित नगर प्रमुखजस्तो पदलाई अपमान र अनादर गरी भ्रम फैलाउने तथा मानहानी गरी प्रेस स्वतन्त्रताका नाममा पार्टीगत आग्रह पूर्वाग्रह राखी लोकतन्त्रलाई नै निकृष्ट र बदनाम गर्ने आपराधिक, असामाजिक, अमर्यादित कृत्य र त्यसबाट हुन जाने विकृतिलाई रोक्न आवश्यक कदम चालियोस् भन्ने अनुरोध छ,’ मेयर साम्पाङले गृहमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ।
उनले प्रेस स्वतन्त्रताको नाममा व्यक्ति र पद दुवैको मानहानि गर्नेलाई कारबाही गर्न पनि माग गरेका छन्।
समाचारमा चित्त नबुझे प्रेस काउन्सिललगायत सम्बन्धित निकायमा जानुपर्नेमा मेयर साम्पाङले गृहमन्त्रीलाई पत्र लेख्दै आफूविरूद्ध समाचार लेखेका पत्रकारलाई कारबाहीको माग गरेका हुन्।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’