स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले विज्ञ सल्लाहकार समूह गठन गरेका छन्। उनको विज्ञ सल्लाहकारमा स्वास्थ्य क्षेत्रका साथै नीति निर्माणमा समेत अनुभव भएका पाँचजना समेटिएका हुन्।
सल्लाहकारमा प्रताप पौडेल, डा भगवान कोइराला, डा सुधा शर्मा, अमित भण्डारी र रघुराज काफ्ले रहेका छन्। पौडेलले कांग्रेस महामन्त्री गगन थापा स्वास्थ्य मन्त्री हुँदा प्रमुख सल्लाहकारका रुपमा काम गरेका थिए।
पब्लिक पोलिसी पाठशालाको नेतृत्व गरिरहेका उनी स्वास्थ्यका विभिन्न कानुन निर्माणका लागि योगदान गरेका छन्। संघीयका साथै प्रदेश र स्थानीय तहमा स्वास्थ्य कानुन निर्माणमा परामर्श दिने गरेका छन्। उनले स्वास्थ्य बीमा, एकीकृत स्वास्थ्य पूर्वाधार, विद्यालय नर्सिङ कार्यक्रम, स्वास्थ्य अनुसन्धान रणनीति, सहरी स्वास्थ्य प्रबर्द्धन लगायतमा पनि योगदान गरेका छन्। त्यसैगरी जनस्वास्थ्य ऐनको प्रारम्भिक मस्यौदा निर्माणमा भूमिका छ ।
मुटुरोग विशेषज्ञ डा कोइरालाले विभिन्न सरकारी अस्पतालको नेतृत्व लिनुका साथै विभिन्न स्वास्थ्य मन्त्रीहरुको औपचारिक/अनौपचारिक सल्लाहकारका रुपमा काम गरेका छन्। डा शर्मा पूर्व स्वास्थ्य सचिव हुन भने अमित भण्डारी जनस्वास्थ्य विज्ञ हुन्। उनी विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाको नेतृत्वमा तहमा रहेर काम गरिरहेका छन्। काफ्लेले गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षका रुपमा काम गरेका छन्।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा