गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले एक सय दिनको कार्यप्रगति सार्वजनिक गरेकी छिन् । बिहिवार मन्त्रालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले मन्त्रालयमा भएका कृषि, पशुपन्क्षी, सहकारी र भूमि व्यवस्थापनको नीतिगत तथा कानुनी र कार्यक्रमगत एवं संस्थागत उपलब्धि सार्वजनिक गरेकी हुन् ।
उपलब्धि सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले बजेट कार्यान्वयनको चरणमा रहेकाले सो अनुसार कार्य गर्दै आएको बताइन् । ‘हामी बजेट कार्यान्वयनका चरणमा छौँ । विनियोजित बजेटलाई सही ढङ्गले कार्यान्वयन गर्नु नै अहिलेको जिम्मेवारी हो,’ उनले भनिन्,‘कृषकलाई आवश्यक कतिपय शिर्षकहरु बजेटमा नसमेटिदा कठिनाई पनि भएको छ । यसलाई आगामी बजेटमा समावेश गर्ने गरि तयारी सुरु गरेका छौँ ।’
मन्त्रालय मातहत प्रदेशमा रहेका कार्यालयहरुको अनुगमन गरेको जनाउँदै मन्त्री श्रेष्ठले सेवाग्राहीलाई छिटो छरितो एवं सहज सेवा प्रदान गर्न आवश्यक निर्देशन दिएको बताइन् । विभिन्न जिल्लाका कृषकहरुसँग कृषि क्षेत्रका समस्याबारे गहन छलफल भएको उल्लेख गर्दै उनले समाधानकालागि पहल भइरहेको सुनाइन् ।
यस्ता छन् मन्त्री पद्मा जिसी श्रेष्ठका १०० दिनका मुख्य उपलब्धिहरू :
Report-Book
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी