काठमाडौं – सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रलेकी पत्नीसहित २६ जना विरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता भएको छ ।
मोरङ जिल्लाको उमागौरी कृषि सहकारी संस्थामा भएको ठगी प्रकरणमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा बिहीबार मुद्दा दर्ता भएको हो ।
सरकारी वकिलको कार्यालय मोरङले सभापति पोखरेलकी पत्नी कोकोइरालासहित २६ जना विरुद्ध सहकारी ऐन, २०७४ को दफा १२२ अनुसार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।
सहकारीका वर्तमान अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण साह, सचिव आलम अन्सारी मियाँ र कोषाध्यक्ष शम्भुप्रसाद सिँहविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।
त्यस्तै, सरकारी वकिल कार्यालयले सहकारीका सञ्चालक समिति सदस्यहरू आमोद मण्डल, रोशन राजवंशी, जितमान ठाकुर र लेखा समितिका संयोजक विजयकुमार यादव र सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वास लगायतलाई प्रतिवादी बनाएको छ ।
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलकी पत्नी अञ्जला कोइराला प्रकरण जोडिएको सहकारीमा सञ्चालक सदस्य थिइन् । सहकारीमा समस्या देखिएपछि उनले २०७८ माघ ५ गते राजीनामा दिएको जनाइएको छ ।
सम्बन्धित खबर
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
बीवाइडी कर छली प्रकरणमा छानबिन समिति बन्यो
बालेनको अभिव्यक्तिलगत्तै भारतीय एसएसबी सुस्ता पस्यो, नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
बेपत्ता सशस्त्र जवान भारतमा मृत भेटिए, शव पनि भारतीय प्रहरीले लग्यो
रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने, अब कालो नम्बर प्लेट
सन् २०२५ मा साढे ११ लाख पर्यटकले गरे नेपाल भ्रमण
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ