काठमाडौं : नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्समाथि ८ विकेटको शानदार जित हात पारेको छ। विनोद भण्डारी र कप्तान दिपेन्द्रसि्ह ऐरी क्रमश ५८ र २० रनमा अविजित रहँदै १८.३ ओभरमा १४१ रन बनाउँदै जित आफ्नो पक्षमा पारेका हुन्।
सुदूरका लागि सैफ जेवले ३२, ब्राण्डन म्याकमुलेन २५ रन बनाएर आउट भए। जनकपुरका लागि ललित राजवंशी र किशोर महतोले एक विकेट लिए।
टस जितेर ब्याटिङमा आएको जनकपुरले ९ विकेट गुमाएर १३९ रन बनाएको थियो।
जनकपुरका लागि जिमी निसम ४५, शुभ कंसकार २६, लाहिरू मालिन्था र हर्ष ठाकर १२, कप्तान आशिफ शेख र अरनिको यादव ११, मोहम्मद महसिन र शेर मल्लले समान ३ रन बनाए।
सुदूरका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले तीन, सैफ जेव दुई, स्कट कुग्गेलेजिन र अविनास बोहरा समान एक विकेट लिए।
जारी प्रतियोगितामा सुदूरपश्चिम बलियो देखिएको छ। लिग चरणको सातमध्ये एउटा खेलमा मात्र पराजय भोगेको सुदूरपश्चिको ब्याटिङ र बलिङ लयमा छ। जनकपुरले लिगको सात खेलमा पाँच जित र दुई हारको नतिजा आत्मसाथ गरेको थियो।
सुदुरपश्चिम सोझै फाइनलमा पुगेको छ भने जनकपुर अब कर्णाली याक्ससँग पुनः खेलेर फाइनल प्रवेशका लागि कसरत गर्नुपर्ने देखिएको छ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’