काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर-२ मा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कर्णालीलाई २ विकेटले पराजित गर्दै जनकपुरले फाइनलको यात्रा तय गरेको हो ।
यससँगै तेस्रो स्थानमा रहँदै कर्णालीले यात्रा टुङ्गयाएको छ । अब शनिबार जनकपुर र सुदूरपश्चिम रोयल्स उपाधिका लागि भिड्ने छन् ।
कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो ।
जनकपुरका लागि जेम्स निशमले ४५ रन बनाए । उनले १७ बलमा २ चौका र ५ छक्का लिए ।
११.५ ओभरमा ५ विकेट गुमाएर ५८ रन बनाएको जनकपुरका लागि विस्फोटक ब्याटिङ गर्दै निशमले जितको आधार तय गरेका थिए ।
यस्तै, हर्ष थाकेरले १७ र आकाश त्रिपाठीले १३ रन बनाए । शेर मल्ल र मायम यादवले क्रमश: १६ र १४ रन जोडे ।
कर्णालीका लागि विपिन शर्माले ३ तथा कप्तान सोमपाल कामी, विलियम बोसिस्टो र जिशान मक्सुदले १–१ विकेट लिए ।
यसअघि ब्याटिङ गरेको कर्णालीले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा ११८ रन बनाएको थियो ।
कर्णालीका लागि गुल्शन झाले २५ र देव खनालले २४ रनमा आउट गरे । विलियम बोसिस्टो १४, जिशान मक्सुदले १२, र च्याडविक वाल्टनले ११ रन बनाए ।
जनकपुरका लागि ललित राजवंशी र मोहम्मद मोहसिनले २–२ विकेट लिए । हर्ष थाकेर, जेम्स निशम र शेर मल्लले १–१ विकेट लिए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु