पोखराबाट उदाएको लक्ष्मी ग्रुप प्रालिले स्थापनाको ५१ औं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा ग्रुपको प्रधान कार्यालय बागबजारमा रक्तदान लगायत विविध कार्यक्रम गरको छ ।
कार्यक्रममा ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले ५१ वर्ष अघि बुवाहरु बुद्घिबहादुर र गणेशबहादुर श्रेष्ठले स्थापना गरेको लक्ष्मी मिठाइँ भण्डारले सबैको साथ, सहयोग र समर्थनले आजको यो रुप लिएको बताए । यसका साथै आगामी दिनमा समेत यस किसिमको साथ सहयोग निरन्तर रहने कुरामा आफू विस्वस्त रहेको उनको भनाइ थियो ।
ग्रुपमा लामो समयदेखि आवद्ध रही सेवारत कर्मचारीहरुलाई दीर्घ सेवा पदकद्वारा सम्मान गरिएको थियो । ग्रुप अन्तरगत रहेका विभिन्न औद्योगिक प्रतिष्ठानहरुमा ५ वर्ष सेवा गरेका २५, १० वर्ष सेवा गरेका ४, १५ वर्ष सेवा गरेका २, २० वर्ष सेवा गरेका १० गरी ४१ जना कर्मचारीहरुलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो ।
कर्मचारीहरुलाई कम्पनीका कार्यकारी निर्देशक सुनील श्रेष्ठ, निर्देशकहरु कृष्णबहादुर श्रेष्ठ, सुविन्द्र श्रेष्ठ, सुब्रत श्रेष्ठ एवं नायव निर्देशक निरज श्रेष्ठले मायाको चिनो एवं प्रंशसा पत्र प्रदान गरे । यसका साथै ५१ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको महिला तथा पुरुष एकल ब्याटमिन्टन र फुटसल प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण समेत गरिएको थियो ।

५१ औं स्थापना दिवस कै अवसर पारेर ग्रुपले रक्तदान कार्यक्रम गरेको छ । पहिलो रक्तदाता केशव भट्टराईलाई ब्लड ब्याग हस्तान्तरण गरी सुरुआत गरिएको कार्यक्रममा ९० जना कर्मचारीहरुले रक्तदान गरेका थिए ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत हरेक वर्ष नियमित रुपमा आयोजना गर्दै आएको छ । सो समारोहमा सम्मानितहरुको तर्फबाट मानव संशाधन विभागका महाप्रवन्धक श्याम मल्लले प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कमना गर्दै प्रतिष्ठानले संथागत सामाजिक उत्तरदायित्व अन्तरगत शिक्षा, स्वास्थ्य तथा खेलकुद एवम् धार्मिक क्षेत्रका विभिन्न सामाजिक कार्यहरुमा देखाएको सक्रियता तथा पु¥याएको योगदानको चर्चा गरे । कार्यक्रम प्रताप आचार्यले सञ्चालन गरेको मावव संशाधन विभागका कर्मचारी धर्मराज गुरुङले जानकारी दिए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो