काठमाडौं तीनकुनेमा अवस्थित इन्टरनेशनल स्कुल अफ मेनेजमेन्ट एण्ड टेक्नोलोजी (आईएसएमटी) कलेजमा ‘आईएसएमटी एक्स्पो २०२४’ को विहीबार र शुक्रबार विद्यार्थीको उत्साहजन सहभागिताका बीच सम्पन्न भयो ।
कलेजले ‘एजुकेशन फर इन्डष्ट्री’ भन्ने उद्देश्यका साथ एक्स्पोको आयोजना गरेको हो । एक्स्पोमा विभिन्न स्टलहरु राखिएकाे थियो, जसमा विद्यार्थीहरुले आफैंले तयार पारेकाे साइफर र्याट, एआई एज प्रिडिक्सन सिस्टम, सिएनसि प्लोटर, लाइन फलोइङ रोवर्ट, ह्यान्ड फ्रि गेमिङ्, करियर भिजन जेनेरेटर, साइन ल्याङ्ग्वेजलगायत प्रदर्शनीमा राखिएको थियो ।
एक्स्पोको अवलोकनमा नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला, नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलगायत पनि पुगेका थिए ।

आईएसएमटी कलेजका प्रिन्सिपल ध्रुबबाबु जोशीले सरकारले नेपालमा के कारणले आईटी इण्डष्ट्री फष्टाउन सकेको छैन ? त्यसको रिसर्च गर्नुपर्नेमा जोड दिए । आवश्यक नीति बनाई ठूला अन्तर्राष्ट्रिय कम्पनीहरुलाई नेपाल भित्र्याएर विद्यार्थीहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न आवश्यक रहेको उनको भनाई छ ।
साथै, उनले यस आईएसएमटी एक्स्पोले कलेजमा विद्यार्थीहरुले सिकेको सिकाईलाई व्यवहारमा लागू गर्न निकै महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गरे ।
यसैगरी, एक्स्पोको अवलोकनमा पुगेका नेपाली कांग्रेसका नेता कोइरालाले आईटी विधामा आईएसएमटी कलेजले राम्रो गरिरहेको र यसले आईटीका विद्यार्थीहरुले नेपालको भविष्य सुरक्षित राख्नेमा विश्वस्त रहेको पनि बताए ।

यस्तै, एकीकृत समाजवादी पार्टीकी नेतृ झाँक्रीले पनि नेपालमा आईटी क्षेत्रको सम्भावना प्रवल रहेको बताइन् । ‘नेपालमा काम गर्ने बतातावरण नै छैन’ भन्ने नकारात्मकता फैल्याउने भाष्यलाई यसले चिर्ने उनको भनाई थियो ।
एक्स्पोको अवलोकनमा ह्वाइट हाउसलगायत अन्य विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
एक्स्पोमा आफूले तयार पारेको विभिन्न प्रोगामहरु प्रदर्शनी गर्न पाउँदा विद्यार्थीहरु पनि उत्साहित देखिन्थे । नेपालमै बसेर केही नयाँ गर्ने सोच रहेकाे उनीहरुको भनाई छ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने