महोत्तरी । बर्दिवास-११ स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका एकसाथ विष सेवन गरेका ३ जना छात्रामध्ये एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। विष सेवनबाट सिरहाको धनगढी नगरपालिका-१० की १७ वर्षीया छात्रा रिंकु शर्माको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ।
बर्दिवासको इलाका प्रहरीले रिंकुलाई आज (मंगलवार) करिब पौने १२ बजे बर्दिवास-४ को जंगल क्षेत्रमा अचेत अवस्थामा फेला पारी बर्दिवास अस्पताल पुर्याएको थियो। अस्पतालका डा. रोशन अधिकारीलेरिंकुको मृत्यु घोषणा गरेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक, एवं सूचना अधिकारी सन्तु जयसवारले थाहाखबरलाई जानकारी दिए।
रिंकुसँगै विष सेवन गरेका उषा पण्डित र सन्जु यादवको भने बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ। अस्पतालले दुवैजना छात्राको अवस्था सामान्य रहेको जनाएको छ।
शिक्षालयका प्रशासकीय अधिकृत दावा योन्जनले विष सेवन गरेका तीनैजना ज्योमेट्री (अमिन) विषयको पहिलो वर्षका विद्यार्थी रहेको बताए। एकजना छात्राले टेस्टमा अनुत्तीर्ण भएका कारण विष सेवन गरेको प्रारम्भिक सोधपुछमा जानकारी गराएकी प्रहरीले जनाएको छ।
अस्पतालमा उपचाररत रहेकी सन्जुले केही दिनअघि शिक्षालयले लिएको टेस्टमा मृतक रिंकुको फिजिक्सको परीक्षा बिग्रिएकाले विष सेवन गरेको बताएकी छिन्।
अस्पतालमा उपचाररत उषा र सन्जुका अनुसार हिजो (सोमवार) बिदा भएकाले तीनैजना छात्रा गाइड किन्न बर्दिवास बजार गएको र गाइड किनेपछि रिंकुले लुकेर विष पनि किनेकी थिइन्।
बर्दिवासबाट फर्कने क्रममा जंगलमा पुगेपछि रिंकुले आधा सिसी विष खाइन् र उषा तथा सन्जुलाई ‘अब म त मरिहाल्छु साथै नमरे तिमीहरूलाई प्रहरीले पक्राउ गरी जेल हाल्छ’ भनेपछि उनीहरूले पनि १/१ बिर्को विष खाएको र त्यसपछि के भयो थाहा नभएको उनीहरूले बताएका छन्।
सम्बन्धित खबर
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिण्डर एकै पटक भर्न खोज्दा कृत्रिम अभाव
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
सुस्तामा भारतीय एसएसबीको दादागिरी, नेपाली भूमि पसेर अस्थायी बाँध भत्कायो
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो
दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो