पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालयको फुटबल टोलीले ४२औँ आइजीपी कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको फुटबल टोलीलाई २-१ को गोल अन्तरले हराउँदै गण्डकीले उपाधि हात पारेको हो ।
नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा यही पुस ७ देखि १६ गतेसम्म प्रतियोगिता सञ्चालन भएको थियो ।
खेलमा प्रहरी सहायक हवल्दार तिलक महतो र प्रहरी जवान सुविन चन्दले गोल गरेका थिए ।
प्रतियोगितामा प्रहरी जवान निर्मल गुरुङ खेलको म्यान अफ द म्याच, प्रतियोगिताकै सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट फर्वाड प्रहरी नायव निरीक्षक केशर बराम, सर्वोत्कृष्ट खेलाडी प्रहरी नायव निरीक्षक विवेक गुरुङ र प्रहरी जवान जीवन सिंह ठकुरी उत्कृष्ट गोलरक्षक बन्न सफल भए । गण्डकीकै प्रहरी नायब निरीक्षक सन्तोष सुवेदी उत्कृष्ट प्रशिक्षक घोषित भए ।
गण्डकीले लिग चरणको पहिलो खेलमा मधेशलाई ३-२ ले हराएको थियो भने दोस्रो खेलमा कोशी प्रदेशसँग बराबरीमा खेलेको थियो । साथै तेस्रो खेलमा कर्णाली प्रदेशलाई ७-१ गोलको अन्तरले पराजित गरेको थियो । गण्डकीले गतवर्ष पनि उपाधि हात पारेको थियो ।
यसैबीच विजयी खेलाडी टोलीलाई गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) भोलाबहादुर रावलले ट्रफी प्रदान गरे । साथै उनले टोलीका व्यवस्थापक, प्रशिक्षक र खेलाडीलाई पुरस्कारसमेत प्रदान गरे ।
कार्यक्रममा डीआइजी रावलले खेल एक साधना भएकोले खेलले अनुशासन, टोली भावना र नेतृत्व क्षमता विकास गर्न सघाउने विश्वास व्यक्त गरे ।
खेलाडी सधैँ आफ्नो साधनामा सक्रिय रहनुपर्नेमा जोड दिँदै डीआइजी रावलले आइजीपी कप च्याम्पियन बन्दा समग्र गण्डकी प्रदेश प्रहरीलाई थप उर्जा प्रदान गरेको दावी गरे ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो