मुस्ताङमा झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु

मुस्ताङमा झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु

mrita fela

मुस्ताङ । मुस्ताङमा झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु भएको छ।

घरपझोङ—४ जोमसोमस्थित नेपाली सेना र जिल्ला प्रशासन कार्यालय जोड्ने झोलुङ्गे पुलबाट खसेर शनिबार पोखरा महानगरपालिका—३० गगनगौडाका ३७ वर्षीय प्रकाश मल्ल ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

जोमसोमस्थित नेपाली सेनाको क्याम्प अगाडि ईलेक्ट्रोनिक पसल सञ्चालन गरेका उनी नेपाल रेडक्रम सोसाईटीको भवनमा भाडामा बस्दै आइरेहका थिए। कोठाबाट पसलतर्फ जाने आउने गर्दा ठकुरीले जिल्ला प्रशासन पछाडिको झोलुङ्गे पुल प्रयोग गर्ने गर्थे।

पुलबाट खसेका ठकुरीको तत्काल प्रहरी नायब निरीक्षक सनम कुमालको कमाण्डमा ५ जनाको सुरक्षाकर्मी टोलीले तत्कालै उद्धार गरी जोमसोम अस्पताल पु¥याएको थियो। ठकुरीलाई अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

ठकुरीको आइतबार पोष्टमार्टम गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। ठकुरीको शव प्रहरीले आफन्तलाई जिम्मा लगाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds