नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन डिसेम्बर ४ मा हैदरावादको सन्ध्या थिएटरमा फिल्म ‘पुष्पा २’को विशेष शोमा भएको भागदौडमा घाइते भएका बालक भेट्न पुगेका छन् ।
मंगलबार अल्लु बेगमपेटमा रहेको किम्स अस्पताल श्रीतेजलाई भेट्न गएका हुन् । सोही घटनामा बालककी आमाको मृत्यु भएको थियो । अभिनेता बालकको स्वास्थ्य स्थितिबारे जानकारी लिन अस्पताल पुगेको बताइएको छ ।
अस्पताल परिसरमा कडा पारिएको थियो सुरक्षा व्यवस्था
समाचार एजेन्सी एएनआईका अनुसार अल्लु अर्जुन आज बिहान तेलंगानाको बेगमपेटको किम्स अस्पताल पुगेका थिए । यस अस्पतालमा भागदौडमा घाइते भएका बालकलाई भर्ना गरेर राखिएको छ । अल्लु अस्पताल पुग्दा त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो । सार्वजनिक भएको भिडियोमा अस्पताल परिसरमा भारी सुरक्षा बल तैनाथ गरिएको देखिन्छ । श्रीतेजको स्वास्थ्य अवस्था बुझेर अल्लु अस्पतालबाट हिडेका थिए ।
कस्तो छ बालकको अवस्था ?
श्रीतेजको स्वास्थ्य अवस्था अहिले सुधार भइरहेको बताइएको छ । उनलाई चिकित्सकको निगरानीमा राखिएको छ । सन्ध्या थिएटर भागदौड प्रकरणमा अल्लु अर्जुनविरुद्ध कानुनी कारबाही चलिरहेको छ । यसैबिच अल्लु अर्जुन श्रीतेजलाई भेट्न पुगेका हुन् ।
घाइते बालक अहिले पनि भेन्टिलेटरमै छन् । उनको अवस्था सुधारोन्मुख रहेको बताइएको छ । डिसेम्बर २४ देखि उनको अवस्थामा सुधारको सकारात्मक संकेतहरू देखिएको छ ।
सम्बन्धित खबर
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
वालिङमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, चारजना घाइते
भीमफेदीको जुरीखेतमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु
भीरकोटको करेन्ट दुर्घटना लुकाउँदै स्याङ्जा प्रहरी, शनिबार करेन्ट लाग्दा खनाल गम्भीर घाइते
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु
सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ