प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले रवि लामिछाने, छविलाल जोशीहरूलाई निर्दोष भन्न नमिल्ने प्रतिक्रिया दिएको छ।
रवि र छविलाई जिल्ला अदालत, कास्कीले बिहीबार क्रमश: ६५ र ८८ लाख धरौटीमा रिहा गरेको छ। यसपछि रास्वपा नेताहरूले उनीहरू निर्दोष ठहरिएको बताएका छन्।
कानुनका ज्ञातासमेत रहेका कांग्रेस नेता मीन विश्वकर्माले उनीहरूलाई निर्दोष भन्न नमिल्ने प्रतिक्रिया दिएका हुन्। ‘सबै अभियुक्तलाई धरौटी माग्नु र रकम फरक हुनुले बुझ्नुपर्छ कि ८८ लाख, ६५ लाख धरौटी निर्दोष भएकाले मागिएको होइन। कानूनी प्रकृया बुझ्न आवश्यक छ।’
उनी अगाडि भन्छन्, ‘जसरी मुद्दा लाग्नसाथ कोही दोषी ठहर हुँदैनन्, त्यसैगरी सादा तारिख वा धरौटीमा छुटेका सबै निर्दोष हुँदैनन्।’
रविले सहकारीबाटै ७५ लाख भुक्तानी गरेको खुलासा भयो : सूर्य थापा
रवि लामिछानेमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रस्ताव गर्ने प्रतिवेदन बनाउने विशेष संसदीय समितिका सभपाति सूर्य थापाले लामिछानेले सुरुमा सहकारीबाटै ७५ लाख भुक्तानी गरेको खुलेको बताएका छन्।
जिल्ला अदालत, कास्कीले बिहीबार (आज) रिहा गरेपछि लामिछानेसहितका बारेमा निकालेको पूर्णपाठको अंश साझेदारी गर्दै थापाले यस्तो बताएका हुन्।
‘सहकारीको रकमबाटै सुरुमा गोरखा मिडिया नेटवर्कमा ७५ लाख रवि लामिछानेको शेयरबापत् भुक्तानी गरेको खुलासा भयो,’ थापाले भनेका छन्।
हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने औचित्य नरहेको पुष्टि भएको छ: बुर्लाकोटी
रास्वपा कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले भनेका छन्, ‘पार्टी सभापति रवि लामिछानेज्यूलाई जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा छाड्न आदेश गरेको छ। सरकारले जबरजस्ती हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने औचित्य नरहेको पुष्टि भएको छ।’
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह