गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । राज्यलाई सबैभन्दा बढि कर तिरिरहँदा ट्राफिक प्रहरीबाट पाउने गरेको दुःखको अन्त्य हुनुपर्नेमा यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् ।
अधिकृत विक्रेता संघ, पोखराको १८ औं वार्षिक साधारणसभामा सहभागी कार्यक्रममा व्यवसायीहरुले राज्यले ढुवानी सेवाको लागि प्रयोग हुने सवारी करमा विशेष छुटको व्यवस्थापन गरेपनि सडकमा भने निकै दुःख दिइरहेको बताएका हुन् ।
नेपाल वितरक महासंघका अध्यक्ष हरिराज पन्तले अधिकृत विक्रेताको पेशा मर्यादित पेशा रहेको सुनाउँदै गुणस्तरमा लाग्न सुझाव दिए । राज्यले देशमा वेरोजगार बढिरहेको बताउँदा आफुहरुको क्षेत्रमा दक्ष जनशक्तिको अभाव भएको उनको भनाइ छ । वक्ताहरुले भने झै सडकमा सामान बोक्ने सवारी माथि ट्राफिक प्रहरी गर्ने व्यवहारको अन्त्य हुनै पर्नेमा उनको जोड थियो ।
संघका पूर्व अध्यक्ष गोविन्द कर्माचार्यले अधिकृत विक्रेताहरुले आपूर्ति व्यवस्थापनमा ठूलो योगदान दिदैँ आएको कारण सहर र गाउँमा सामानको मुल्य एकै भएको बताए ।
उनले राज्यले ढुवानी सवारी करमा छुट दिएपनि साधारण कुरामा भने निकै दुःख दिदैँ आइरहेको सुनाए । ‘हामीले दिएको सेवाका कारण आज सहर र बजारमा दररेट एउटै छ । सेवा नदिएको भए गाउँमा सामानहरु महँगो हुने थियो’ उनले भने, ‘यहाँ राज्यले केही नगरेको होइन गरेको छ, ढुवानी गर्ने सवारीको भन्सारमा विशेष छुटको व्यवस्था गरेकै हो तर, दोहोरो चरित्र सरकारले देखाएको छ हामीलाई साना–साना कुरामा दुख दिएको छ ।’ पोखरा इलेक्ट्रिक व्यवसायी संघका अध्यक्ष चिन्तामणि खरेलले व्यवसाय गर्दा सडकमा ट्राफिक प्रहरीको ज्यादति धेरै भएको सुनाए ।
नेपाल वितरक महासंघ गण्डकीका प्रमुख बद्री ढुंगानाले कानुनी झन्झटले निकै सास्ती खेप्न बाध्य भएको सुनाए । आफूहरु राज्यलाई कर तिरिरहेको तर राज्यबाट सधैं अपहेलित हुनु परेको उनको भनाइ थियो । अधिकृत विक्रेता संघ पोखराका अध्यक्ष मनोज कुमार श्रेष्ठले अधिकृत विक्रेताहरुलाई एकै ठाउँमा ल्याउनका लागि २०६४ सालमा संस्थाको स्थापना भएको जानकारी दिए । उनले एकै प्रकृतिका व्यवसायीलाई व्यवसाय संगै सामाजिक उत्तरदायित्व वहन गर्दै व्यवसायमा आउने समस्याको न्युनिकरण गर्न संस्था अग्रस्थानमा रहेको सुनाए ।
सचिव दिलिप कुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा हिमालय एभरेष्ट इन्सुरेन्स प्रालि गण्डकीका प्रमुख शिव सुवेदी, अधिकृत विक्रेता संघका निवर्तमान अध्यक्ष सुरेश अधिकारी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले आफ्नो धारणा राखेका थिए । सोही क्रममा संस्थामा रहेको सदस्यका परिवार मध्येबाट २०८० को एसईईमा उत्तीर्ण प्रन्सुदेव पालिखेलाई सम्मान समेत गरेको थियो ।
साधारणसभाको उद्घाटन गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले गरेका थिए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ