हेमजा । कास्की पोखरा महानगरपालिका २५, हेमजा महिला सञ्जाल र बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्र हेमजाको संयुक्त आयोजना तथा २५ न.वडा कार्यालय हेमजाको आर्थिक सहयोगमा ४ दिने वडा स्तरीय महिला सीप विकास तथा क्षमता अभिवृद्धि तालिम सोमबार सम्पन्न भएको छ। लातिम पुस २६ गते देखि २९ गते सम्म सञ्चालन भएको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महनागरपालिका प्रवत्ता एवं वडा न. २५ हेमजाका अध्यक्ष मोतिलाल तिम्सिनाले यस तालिमले जीवनोपयोगी शिक्षा मात्र प्रदान गरेको छैन, जिवनमा नजानेका कुरा जान्ने मौका,केही आँट गर्नेहरुका लागि थाल्ने मौका प्रदान गरेको विश्वस व्यक्त गरे।
कार्यक्रमा महानगर कार्यपालिका सदस्य एवं वडा न २५ सदस्य धन कुमारी पोख्रेल तिम्सिना, कृष्ण कुवार, सुवाश भण्डारी, तारा वि.क, वडा कार्यालयका विभिन्न तहका कर्मचारीहरु तथा महिला सञ्जाल हेमजा र बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्र हेमजाका बिभिन्न पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।
२६ गते देखि सुरु भएको तालिमा सहभागिहरुलाई मासुको अचार, मेथिको अचार लगायत अन्य बिभिन्न अचारका परिकारहरु बनाउने तालिम दिइएको महिला सञ्जाल, कोषाध्यक्ष सोभा कोईराला त्रिपाठीले बताए । अचार बनाउने तालिमा प्रशिक्षकको रुपमा पोखरा–२५ हेमजाकी कमला क्षेष्ठले सहजीकरण गरेका थिए।
कार्यक्रमका विच व्यक्तित्व विकासका लागि उद्धधोषण तालिम पनि दिइएको थियो । उक्त उद्धघोषण तालिमा प्रशिक्षकको रुपमा पत्रकार शुष्मा पौडेल र सञ्चारकर्मी भिम श्रेष्ठले सहजीकरण गरेका हुन्।
महिला सञ्जाल हेमजाकी अध्यक्ष अप्सरा तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत एवं धन्यवाद उपाध्यक्ष रिता पौडेले त्रिपाठी र सञ्चालन बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्र सचिव गंगा त्रिपाठी तथा हेमजा महिला सञ्जालकी सचिव उभा भुर्तेल पौडेले गरेका थिए।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन