पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित आइएसएमटी कलेज पोखरामा आगामी शुक्रबार ‘आइएसएमटी वीन्टर कार्निभल’ हुने भएको छ ।
आइएसएमटी कलेज पोखरामा अप्रेसन म्यानेजर शिव पौडलले विद्यार्थीहरुलाई अध्यापनसँगै मनोरञ्जन पनि दिने उद्धेश्यले आइएसएमटी विन्टर कार्निभलको आयोजना गरिएको जानकारी दिए ।
उनका अनुसार कार्निभलमा परिवर्तन ब्याण्डले सांगीतिक प्रस्तुती दिनेछन् । साथै, कलेजमा अध्ययनरत विद्यार्थीहरूले पनि सांगीतिक प्रस्तुती राख्नेछन् । उक्त कलेजले समयसमयमा विभिन्न खालका गतिविधि तथा सामाजिक कार्यहरू गर्दै आएको छ ।
नयाँ गाउँस्थित आइएसएमटी कलेज पोखरामा बिबिए (बिजनेस) सम्बन्धनमा बिएचएम, बिएस्सी आइटी, (सिएसई), बिएस्सी (एचओएनएस), साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक र एमबिए लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
आइएसएमटी ग्रुपले पोखरासँगै काठमाडौं, चितवन, विराटनगर र बुटवलमा पनि युनिभर्सिटी अफ सन्डरल्याण्डकै सम्बन्धनमा कलेज सञ्चालन गरी बीबीए (बिजनेस एन्ड म्यानेजमेन्ट), बीएचएम, बीएस्सी, आइटी, आइटी (सिएसई), बीएस्सी (एचओएनएस), साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक र एमबिए लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण