पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित आइएसएमटी कलेज पोखरामा आगामी शुक्रबार ‘आइएसएमटी वीन्टर कार्निभल’ हुने भएको छ ।
आइएसएमटी कलेज पोखरामा अप्रेसन म्यानेजर शिव पौडलले विद्यार्थीहरुलाई अध्यापनसँगै मनोरञ्जन पनि दिने उद्धेश्यले आइएसएमटी विन्टर कार्निभलको आयोजना गरिएको जानकारी दिए ।
उनका अनुसार कार्निभलमा परिवर्तन ब्याण्डले सांगीतिक प्रस्तुती दिनेछन् । साथै, कलेजमा अध्ययनरत विद्यार्थीहरूले पनि सांगीतिक प्रस्तुती राख्नेछन् । उक्त कलेजले समयसमयमा विभिन्न खालका गतिविधि तथा सामाजिक कार्यहरू गर्दै आएको छ ।
नयाँ गाउँस्थित आइएसएमटी कलेज पोखरामा बिबिए (बिजनेस) सम्बन्धनमा बिएचएम, बिएस्सी आइटी, (सिएसई), बिएस्सी (एचओएनएस), साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक र एमबिए लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
आइएसएमटी ग्रुपले पोखरासँगै काठमाडौं, चितवन, विराटनगर र बुटवलमा पनि युनिभर्सिटी अफ सन्डरल्याण्डकै सम्बन्धनमा कलेज सञ्चालन गरी बीबीए (बिजनेस एन्ड म्यानेजमेन्ट), बीएचएम, बीएस्सी, आइटी, आइटी (सिएसई), बीएस्सी (एचओएनएस), साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक र एमबिए लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो