आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पक्राउ पुर्जी लिएर प्रहरी वृत्त स्वयम्भूको टोलीले बुधबार दिउँसो तामाङलाई पक्राउ गरेको हो।
तामाङलाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए। उनीमाथि प्रहरी वृत्त गौशालाले थप अनुसन्धान अघि बढाएको छ।
गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा अनुसन्धान गर्न तामाङलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।
तामाङविरूद्ध प्रहरीले पुस २८ गते नै अभद्र व्यवहार कसुर शीर्षकमा जिल्ला प्रशासन कार्यालय बबरमहल काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो।
जिल्ला प्रशासनको अनुमतिले बुधबार तामाङलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
पछिल्लो समय पशुपति क्षेत्र विकास कोष परिसरमा तामाङले महिला प्रहरीलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो। उनको काम सही भएपनि तरिका गलत भएको भन्दै आलोचना भइरहेको थियो।
उनले आफूलाई सामाजिक अभियन्ता भन्दै फेसबुकलगायत सामाजिक सञ्जालमा भिडिओहरू पनि पोस्ट गर्ने गरेकी छन्।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने