पोखरा: घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज मेश्रो अवार्डको सातौ संस्करणबाट परियार सम्मानित भएका हुन् ।
पोखरामा आयोजित एक कार्यक्रमकाबीच परियारलाई अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङ र घान्द्रुक समाज हङकङका उपाध्यक्ष दिपक कुमार गुरुङले सातौं ब्रेज मेश्रो अवार्ड प्रदान गरे ।
परियारलाई सातौं ब्रेज मेश्रो अवार्डसँगै सम्मानपत्र, दोसल्ला र नगद ५० हजारसहित सम्मान गरिएको लामा अमृत फाउण्डेशन घान्द्रुकका सस्थापक अमृत गुरुङले जानकारी दिए ।
घान्द्रुक समाज हङकङका उपाध्यक्ष दिपक कुमार गुरुङले पकृति संरक्षणमा परियारले दिएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको बताए ।
‘ घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज मेश्रो अवार्ड हामीले घान्द्रुकमा योगदान दिने विभिन्न व्यक्तिहरुलाई प्रदान गर्दै आएका छौं, उपाध्यक्ष गुरुङले भने, ‘सातौं ब्रेज मेश्रो अवार्ड हामीले यसपटक घान्द्रुकको पकृति संरक्षणमा योगदान पु¥याउँदै आउनुभएका हिमलाल परियारलाई प्रदान गरेका छौं, भौतिक विकाससँगै पकृति संरक्षणमा उहाँले दिनुभएको योगदान अतुलनिय छ ।’
उपाध्यक्ष गुरुङले घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको बे्रज मेश्रो अवार्ड घान्द्रुकको भौतिक विकासदेखि प¥यावरण संरक्षणमा योगदान दिने व्यक्तिहरुलाई प्रदान गर्दै आएको बताए ।
घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको बे्रज मेश्रो अवार्डबाट राजबहादुर गुरुङ, कृष्णप्रसाद पौडेल, भक्तबहादुर गुरुङ, धनमाया गुरुङ, ललित गुरुङ र चिन्तबहादुर गुरुङलाई प्रदान गरिएको छ ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकका वडाध्यक्ष गौतम गुरुङ गाउँको विकाससँगै विभिन्न क्षेत्रमा दिएका योगदानको कदर गर्दै प्रदान गरिएको अवार्डले मनोवल उच्च हुने बताए ।
‘घान्द्रुकमा जन्मेर आफ्नो कर्मथलो विदेशमा बनाउँदै आउनुभएका घान्द्रुकका नागरिकहरुले गाउँको विकास तथा विभिन्न क्षेत्रमा उहाँहरुले दिदैं आएको योगदानको कदर गर्दै प्रदान गर्नुभएको अवार्डले मनोवल अझै उच्च हुन्छ, वडाध्यक्ष गुरुङले भने ।
कार्यक्रममा घान्द्रुक समाज हङकङका पूर्व अध्यक्ष क्याप्टेन कमल गुरुङ, ब्रेज मेश्रोम घान्द्रुक तमु समाजका अध्यक्ष गोकुल बहादुर गुरुङले बोलेका थिए । कार्यक्रम घान्द्रुक समाज हङकङका उपाध्यक्ष दिपक कुमार गुरुङको अध्यक्षता र लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो