पोखरा । आफ्नो गाउँठाउँमा सडक आउनु नै विकास भन्ने ठानिन्छ । हरियाली जंगल फाँडेर रातै डाँडो बनाउन तयार हुन्छौं, पहिरोको संकट निम्त्याउन पनि तयार हुन्छौं । आफ्नै जग्गा बाटोलाई दिन तयार हुन्छौं, श्रमदान गर्न पनि तयार हुन्छौं । तर, अन्नपूर्ण आधार शिविरका स्थानीय भने ३० वर्षसम्म सडक बनाउन नदिने निर्णय गरेका छन् ।
यद्यपी यो निर्णय अन्नपूर्ण पदमार्गलाई जीवन्त राख्नका लागि हो । झिनुडाँडा भन्दामाथि अन्नपूर्ण आधार शिविरतर्फ सडक खन्न नदिने उनीहरुको निर्णय छ । सडक निर्माणले अन्नपूर्ण पदमार्ग नै हराउन थालेपछि सडक ट्रयाक नखोल्ने निर्णय गरेका हुन्।
‘गाउँलेले स्वतस्फूर्त बेसक्याम्पसम्म सडक लैजान हुन्न भनेर निर्णय गरेको हो’ अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले भने, ‘झिनुडाडा भन्दामाथि अन्नपूर्ण आधार शिविरतर्फ आगामी ३० वर्ष सम्म मोटर बाटो नखन्ने, मोटर बाटो नलाने निर्णय भएको छ।
गाउँका हरेक घरका मानिसले हस्ताक्षर गरेर मोटरबाटो लैजान हुन्न भनेपछि गाउँपालिकाले गाउँलेको मागलाई सम्बोधन गरेको हाे।’ स्थानीयको सर्वसम्मत निर्णयलाई स्वागत गर्दै गाउँपालिका, टान पश्चिमाञ्चलले सो निर्णय विपरित कुनै कार्य भएमा संयुक्त रुपमा प्रतिकार गरी अन्नपूर्ण आधार शिविर पदयात्रालाई मोटर वाटोको अतिक्रमणबाट जोगाउने निर्णय समेत भएको अध्यक्ष कुँवरले बताए।
मर्दि हिमाल ट्रेक र अन्नपूर्ण आधार शिविर पदयात्रा जोड्न अन्नपूर्ण गाउँपालिकाले आठ लाख रुपैयाँ समेत विनियोजन गरेको अध्यक्ष कुँवरले जानकारी दिए। गतवर्ष गाउँपालिकाले मद्रि हिमालको फोरेष्ट क्याप्पवाट लान्द्रुक जोड्न तीन लाख रुपैयाँ विनियोजन गरी पदमार्ग बनाउने काम गरेको थियो। यस वर्षको आठ लाख रुपैयाँले पदयात्रामा आवश्यक पूर्वाधार निर्माण गरिने उनले बताए।
त्यस्तै टान र गाउँपालिकाले टाढापानी क्षेत्रमा मजदुरसँग खानाबापत लिइने रकमको कुपन प्रणाली पनि स्थगित गरेको छ। अन्नपूर्ण गाउँपालिकाभित्र रहेका सबै होटल तथा रेष्टुरेन्टहरूमा स्थानीय कोदोको परिकार मेनुमा नै अनिवार्य गरिएको समेत अध्यक्षले जानकारी दिए। अन्नपूर्ण आधार शिविर पदयात्राको विभिन्न ठाउँमा रहेको १५ वटा बाँसका फड्केहरूलाई वर्षमा कम्तीमा दुईवटाका दरले पक्की संरचना बनाई फड्के विस्थापित गर्ने कार्यक्रम गाउँपालिकाले ल्याएको उनको भनाई छ।
‘यो रुटमा १५ वटा बाँसका फड्केहरू छन्’ उनले भने,‘अब फड्केहरू वर्षको दुई वटाको दरले विस्थापित गर्दै पक्की संरचना बनाइन्छ।’ त्यस्तै पोडेताल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न टान पश्चिमाञ्च र गाउँपालिकाबीच सहकार्य गर्ने सहमति समेत भएको छ।

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु