म्याग्दी । जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन वृद्धि हुँदा किसानले राम्रो आम्दानी गरेका छन्। कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाका अनुसार सुन्तला पकेट क्षेत्रबाट बिक्री भएको सुन्तलाको विवरणअनुसार जिल्लामा रु. ३३ करोड ४६ लाखको सुन्तला बिक्री भइसकेको छ।
उनका अनुसार, कार्यालयले क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अध्ययन गरेको थियो। यस वर्ष जिल्लाका छवटै स्थानीय तहमा चार हजार ७८१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। गत वर्ष तीन हजार ६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने सुन्तला बिक्रीबाट रु २४ करोड भित्रिएको थियो।
जिल्लामा आठ सय २० हेक्टर जमिनमा सुन्तला खेती हुँदै आएकामा चार सय २५ हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ। बेनी नगरपालिका-३ र ४ नम्बर वडाबाट मात्र रु. छ करोड बढीको सुन्तला बिक्री भएको केन्द्रले जनाएको छ। जिल्लाका अधिकांश ठाउँका सुन्तला बोटबाटै बिक्री भइसकेको छ। अहिले बेनी नगरपालिकाको मरेक, अन्नपूर्ण गाउँपालिकाको दोसल्लेलगायत ठाउँमा धमाधम सुन्तला टिप्ने काम भइरहेको छ।
किसानको बगैँचाबाट प्रतिकिलो रु. ६० देखि एक सय २० मूल्यमा व्यापारीले सुन्तला खरिद गरेका छन्। दोसल्ले व्यावसायिक सुन्तला जात कृषक समूहका अध्यक्ष प्रेम पाइजाले गाउँमा उत्पादन भएको सुन्तला धमाधम बिक्री भइरहेको र उत्पादन बढेकाले किसान उत्साहित बनेको बताए। जिल्लामा उत्पादन भएको सुन्तला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, बुटवल, भैरवा, नारायणगढलगायत बजारमा निकासी हुँदै आएको छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
म्याग्दीमा विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्वलन
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
प्रकृति र संस्कृतिको संगम तीनचुले : पूर्वाधार थपिँदै, पर्यटक पर्खिंदै
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प