वालिङ । नेकपा एमालेले नेता तथा कार्यकर्तालाई पार्टीको नीति एवं सिद्धान्तका बारेमा पढाएको छ ।
नेकपा एमाले स्याङ्जाले पार्टी स्कुल विभागको समन्वयमा तीन दिनसम्म आवाससहितको व्यवस्था गरेर नेता एवं कार्यकर्ताहरूलाई जिल्ला सदरमुकाममा राखेर पार्टीको नीति सिद्धान्तका साथै आगामी रणनीतिका बारेमा प्रशिक्षण दिएको हो ।
प्रशिक्षणको लागि केन्द्रबाट एमाले उपमहासचिव एवं स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीसहितका नेताहरुलाई जिल्लामा ल्याएर प्रशिक्षण दिइएको थियो । प्रशिक्षणको अन्तिम दिन शुक्रबार प्रशिक्षार्थीहरूको परीक्षा लिएर प्रमाणपत्र वितरण गरिएको एमाले स्याङ्जाले जनाएको छ ।
प्रशिक्षण कार्यमा सहभागी भएर प्रशिक्षण दिएकामा प्रशिक्षक एवं प्रशिक्षार्थीका रूपमा सहभागी जिल्लाका नेता एवं कार्यकर्तालाई एमाले जिल्ला अध्यक्ष एवं स्कूल विभाग प्रमुख सूर्यप्रसाद गैरे पारसले धन्यवाद दिए ।
प्रशिक्षण कार्यक्रम सम्पन्न भएसँगै जिल्लामा पार्टीका गतिविधिहरू थप प्रभावकारी रुपमा सञ्चालन हुने एमाले स्याङ्जाले जनाएको छ ।
तीन दिनसम्म चलेको प्रशिक्षण कार्यक्रममा एमाले उपमहासचिव एवं स्कूल विभाग प्रमुख प्रदीप ज्ञवाली, पार्टी सचिव पद्मा अर्याल, किरण गुरूङ, खगराज अधिकारी, टुकराज सिग्देल, सिर्जना काफ्ले, धनञ्जय दवाडी, सुन्दर लामिछाने, डा.विश्वकल्याण पराजुली, डा.सुस्मिता ढकाल लगायतले प्रशिक्षण दिएका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ