वालिङ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अभिव्यक्ति स्वतन्त्रतामा सरकार दृढ रहेको बताएका छन् ।
सरकारले प्रस्तुत गरेको सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयकका सन्दर्भमा उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जाललाई नियमन गर्नु प्रेस स्वतन्त्रतासँग कुनै सम्बन्ध र साइनो नभएको बताए ।
पुतलीबजारमा आयोजित प्रेस चौतारी नेपाल स्याङ्जाको छैटौं जिल्ला अधिवेशनमा सम्बाेधन गर्दै उपमहासचिव ज्ञवालीले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने कुरा कल्पना पनि गर्न सकिँदैन, यसमा निश्चिन्त हुन आग्रह गरे ।
उनले भने– ‘भर्खरै सरकारले सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक प्रस्तुत गरेको छ, यस सम्बन्धमा विभिन्न खालका बहसहरु छन् । हरेकले के बुझ्न जरुरी छ भने यदि मिथ्या सूचनाहरुको भीडबाट सत्यलाई जोगाउन सकेनौं भने हामीले सत्यलाई रक्षा गर्न सक्दैनौँ । कहिँ न कहिँ सामाजिक सञ्जालहरुलाई मर्यादित बनाएनौं भने समाजलाई जोगाउन सक्दैनौं । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार दृढ छ, त्यो अभिव्यक्ति मर्यादित होस्, सामाजिक सद्भावलाई बलियो बनाउने होस्, व्यक्तिको चरित्रहत्याको माध्यम नबोस भन्ने ढङ्गबाट यो कुरा ल्याइएको हो । लोकतन्त्र भनेको छाडातन्त्र होइन, आफैमा मर्यादित प्रणाली हो । यदि त्यो मर्यादित भएन र अराजकतन्त्र र भीडतन्त्रमा रुपान्तरित भयो भने लोकतन्त्र र देशलाई जोखिम हुनेछ ।’
उपमहासचिव ज्ञवालीले वाक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता संविधानले पूर्णरुपले प्रत्याभूत गरेको र यसलाई कुण्ठित गर्ने कुरा कल्पना पनि गर्न नसकिने बताए ।
पछिल्लो समय समाचार के हो, के होइन, पत्रकार को हुन् को होइनन्, सत्य के हो सत्य के होइन भन्ने नयाँ बहस अगाडि आइरहेको उनले उल्लेख गरे । उनले भने – ‘प्रविधिको प्रयोगसँगै सत्य र सही सूचनालाई जोगाउने चुनौती हाम्रा सामु एकदमै ठूलो बनेको छ । किनभने संसारैभरी अहिले मिस इन्फरमेशन र डिस इन्फरमेशनको बाढीभित्र बगिरहेको छ । यसले गर्दा मान्छेहरुलाई सत्य के हो ? असत्य के हो सही सूचनाहरु के हुन् ? मिथ्या वा भ्रामक सूचनाहरु के हुन् भन्ने बारेमा ठूलो प्रश्न चिन्ह छ ।’
उनले सिङ्गो सामाजिक मनोविज्ञानलाई तरङ्गित गरिरहेको स्थितिभित्र प्रेस चौतारी नेपाल एवम् श्रमजीविहहरुको हकहित र रक्षा गर्ने प्रश्न रहेको उल्लेख गरे । अहिले पनि कैयौं मिडियाहरुमा न्यूनतम पारिश्रमिक पनि नपाइकन सस्तोमा काम गर्नुपरेको छ । कतिबेला बिग हाउसहरूले राख्दैनन् भन्ने टुङ्गो छैन । जीविकाकै चिन्ता भैसकेपछि क्वालिटीको सामग्री उत्पादन कहाँबाट होस् ?’ उनले भने ।
सरकारको सन्दर्भलाई जोड्दै उपमहासचिव ज्ञवालीले राजनीतिक स्थायित्व कायम गर्ने, अर्थतन्त्रलाई गति दिने, राष्ट्रिय हितको सम्वर्द्धन गर्ने र जनतामा आशा र भरोसा जगाउने उद्देश्यका साथ नेकपा एमाले र नेपाली काङ्ग्रेस दुई ठूला पार्टीहरु मिलेर सहकार्य गरेको बताए ।
केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकार उद्देश्य अनुरुप अगाडि बढेको उनको भनाई छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ