नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङ–पोखरा सम्पर्क समन्वय समितिको प्रथम अधिवेशन पोखरामा सम्पन्न भएको छ । मंगलबार भएको अधिवेशनले कुलचन्द्र शर्माको अध्यक्षतामा ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।समितिको उपाध्यक्षहरुमा छमकुमारी बस्नेत, प्रेमबहादुर रोका, रन्जना राई, सचिवमा कुलबहादुर बुढा (प्रेम), कोषाध्यक्षमा पवित्रा थापा र सहसचिवमा रविन कुमार विश्वकर्मा निर्वाचित भएका छन् ।
साथै सदस्यहरुमा रिम पुन, होमनाथ शर्मा, नन्दलाल शर्मा, लक्ष्मी प्रसाद आचार्य, देवान श्रीस, काशिराम पौडेल, निरज कँडेल, विष्णु बस्नेत, कुलचन्द्र थापा खिम, जगत विक, अरविन थापा, निर्मल श्रीस, नरेन्द्र घर्ती, चम्पा छन्त्याल, आयुष सुनार, याम अधिकारी, माया सुनार, भविकला घर्ती, टेकबहादुर घर्ती, विरेन रसाइली, नारायण श्रीपाली, उमेश घर्ती, करुणा श्रेष्ठ, कोपिला बलामी, प्रकाश मल्म, मनिष पुन, महेश घर्ती र प्रमिला विक रहेका छन् ।
साथै सल्लाहकारहरुमा मनबहादुर थापा, रामप्रसाद पाण्डे, निलप्रसाद श्रेष्ठ, हर्कबहादुर पाण्डे, दलबहादुर थापा, प्रा। डा। रविन्द्र श्रेष्ठ र रामबहादुर कार्की चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष शर्माले बागलुङ पोखरा सम्पर्क समन्वय समितिलाई वैचारिक, सगठनात्मक र सामाजिक हिसाबले प्रभावकारी संगठनको रुपमा विकास गर्दै माओवादी पार्टीलाई जनतामा फैलाउन क्रियाशील भएर लाग्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सचिव तथा गण्डकी इन्चार्ज दिनानाथ शर्मा, कास्की इन्चार्ज नेत्रनाथ अधिकारी, बागलुङ इन्चार्ज चन्द्रबहादुर बुढा सागर, केन्द्रीय सदस्य कृष्ण केसी, प्रदेश अध्यक्ष गायत्री गुरुङ, प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे अनिल, वैकल्पिक केन्द्रीय सदस्य तथा ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विक (हिमाल), जिल्ला संयोजक राजिव घिमिरे, सम्मानित व्यक्तित्व मनबहादुर थापाले बोलेका थिए ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्