नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङ–पोखरा सम्पर्क समन्वय समितिको प्रथम अधिवेशन पोखरामा सम्पन्न भएको छ । मंगलबार भएको अधिवेशनले कुलचन्द्र शर्माको अध्यक्षतामा ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।समितिको उपाध्यक्षहरुमा छमकुमारी बस्नेत, प्रेमबहादुर रोका, रन्जना राई, सचिवमा कुलबहादुर बुढा (प्रेम), कोषाध्यक्षमा पवित्रा थापा र सहसचिवमा रविन कुमार विश्वकर्मा निर्वाचित भएका छन् ।
साथै सदस्यहरुमा रिम पुन, होमनाथ शर्मा, नन्दलाल शर्मा, लक्ष्मी प्रसाद आचार्य, देवान श्रीस, काशिराम पौडेल, निरज कँडेल, विष्णु बस्नेत, कुलचन्द्र थापा खिम, जगत विक, अरविन थापा, निर्मल श्रीस, नरेन्द्र घर्ती, चम्पा छन्त्याल, आयुष सुनार, याम अधिकारी, माया सुनार, भविकला घर्ती, टेकबहादुर घर्ती, विरेन रसाइली, नारायण श्रीपाली, उमेश घर्ती, करुणा श्रेष्ठ, कोपिला बलामी, प्रकाश मल्म, मनिष पुन, महेश घर्ती र प्रमिला विक रहेका छन् ।
साथै सल्लाहकारहरुमा मनबहादुर थापा, रामप्रसाद पाण्डे, निलप्रसाद श्रेष्ठ, हर्कबहादुर पाण्डे, दलबहादुर थापा, प्रा। डा। रविन्द्र श्रेष्ठ र रामबहादुर कार्की चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष शर्माले बागलुङ पोखरा सम्पर्क समन्वय समितिलाई वैचारिक, सगठनात्मक र सामाजिक हिसाबले प्रभावकारी संगठनको रुपमा विकास गर्दै माओवादी पार्टीलाई जनतामा फैलाउन क्रियाशील भएर लाग्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सचिव तथा गण्डकी इन्चार्ज दिनानाथ शर्मा, कास्की इन्चार्ज नेत्रनाथ अधिकारी, बागलुङ इन्चार्ज चन्द्रबहादुर बुढा सागर, केन्द्रीय सदस्य कृष्ण केसी, प्रदेश अध्यक्ष गायत्री गुरुङ, प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे अनिल, वैकल्पिक केन्द्रीय सदस्य तथा ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विक (हिमाल), जिल्ला संयोजक राजिव घिमिरे, सम्मानित व्यक्तित्व मनबहादुर थापाले बोलेका थिए ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’