तनहुँ । तनहुँको भिमाद बजारस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी शिक्षिकाले कक्षा ४ मा अध्ययनरत चार जना विद्यार्थीको गालामा तातो पन्युले डामीदिएकी छिन् ।
विद्यार्थीले हल्ला गरेको र आफूलाई जिस्क्याएको भन्दै शिक्षक सुष्मा श्रेष्ठले सुरुमा विधार्थीहरुलाई पिटेको र १० वर्षीय प्रमिश परियारसहित चार विद्यार्थीको गालामा तातो पन्युले डामीदिएकी हुन् । तातो पन्यूले डामिएका विद्यार्थीको गालामा पन्यूको छाप बसेको छ ।
शिक्षिका श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
विद्यार्थीलाई कुटपिट गर्ने ३२ वर्षीया शिक्षिका विद्यालयको लेखा शाखामा कार्यरत छिन् । उनी विद्यालयका प्रधानाध्यापक कृष्णदेव श्रेष्ठकी छोरी हुन् । शिक्षकलाई बुधबार बिहानै इलाका प्रहरी कार्यालय भिमादले पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा शिक्षिकाले आवेशमा आएर आफूले गल्ती गरेको स्वीकारेको प्रहरीको भनाइ छ।
यस घटनाको जिल्लास्थित विद्यार्थी सङ्घ तथा सङ्गठनले विरोध गरेका छन्। नेपाल विद्यार्थी सङ्घ तनहुँका अध्यक्ष आशिष कैनीद्वारा जारी विज्ञप्तिमा प्रभात एकेडेमीमा अध्ययनरत प्रमिश परियारलगायतका विद्यार्थीलाई शिक्षकद्वारा अनुशासन कायम गर्ने नाममा पन्यु तताएर गालामा डामेर यातना दिने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने उल्लेख छ।
यस घटनाले सम्पूर्ण शिक्षा क्षेत्र, अभिभावक तथा समाजलाई गहिरो चिन्तामा पु¥याएको जनाइएको छ। विद्यार्थीलाई सुरक्षित वातावरणमा सिकाइ प्रक्रिया अगाडि बढाइनु पर्छ तर बालमैत्री वातावरण कायम गर्नुपर्ने जिम्मेवार शिक्षकबाटै अमानवीय व्यवहार भएको खबर आउनु दुःखद तथा निन्दनीय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। घटनाको सत्यतथ्य छानबिन गरी दोषी शिक्षिकामाथि प्रचलित कानुन अनुसार कारबाही गर्न माग गरिएको छ।
‘‘शिक्षा क्षेत्रलाई विद्यार्थी मैत्री बनाउन, विद्यार्थीहरुको सुरक्षा सुनिश्चित गर्न तथा शिक्षामा सकारात्मक सुधार ल्याउन सम्बन्धित निकाय विद्यालय प्रशासन र अभिभावकहरु मिलेर आवश्यक पहल गर्नुपर्ने देखिन्छ । घटनाको सत्यतथ्य छानबिन गरी दोषी शिक्षकमाथि प्रचलित कानुन अनुसार कारबाही गर्न माग गरिएको छ । पीडित विद्यार्थीले न्याय नपाइन्जेल नेपाल विद्यार्थी सङ्घ तनहुँले चरणबद्ध आन्दोलनको कार्यक्रम अगाडि बढाउने जनाइएको छ ।’’ विज्ञप्तिमा भनिएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो