तनहुँ । तनहुँको भिमाद बजारस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी शिक्षिकाले कक्षा ४ मा अध्ययनरत चार जना विद्यार्थीको गालामा तातो पन्युले डामीदिएकी छिन् ।
विद्यार्थीले हल्ला गरेको र आफूलाई जिस्क्याएको भन्दै शिक्षक सुष्मा श्रेष्ठले सुरुमा विधार्थीहरुलाई पिटेको र १० वर्षीय प्रमिश परियारसहित चार विद्यार्थीको गालामा तातो पन्युले डामीदिएकी हुन् । तातो पन्यूले डामिएका विद्यार्थीको गालामा पन्यूको छाप बसेको छ ।
शिक्षिका श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
विद्यार्थीलाई कुटपिट गर्ने ३२ वर्षीया शिक्षिका विद्यालयको लेखा शाखामा कार्यरत छिन् । उनी विद्यालयका प्रधानाध्यापक कृष्णदेव श्रेष्ठकी छोरी हुन् । शिक्षकलाई बुधबार बिहानै इलाका प्रहरी कार्यालय भिमादले पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा शिक्षिकाले आवेशमा आएर आफूले गल्ती गरेको स्वीकारेको प्रहरीको भनाइ छ।
यस घटनाको जिल्लास्थित विद्यार्थी सङ्घ तथा सङ्गठनले विरोध गरेका छन्। नेपाल विद्यार्थी सङ्घ तनहुँका अध्यक्ष आशिष कैनीद्वारा जारी विज्ञप्तिमा प्रभात एकेडेमीमा अध्ययनरत प्रमिश परियारलगायतका विद्यार्थीलाई शिक्षकद्वारा अनुशासन कायम गर्ने नाममा पन्यु तताएर गालामा डामेर यातना दिने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने उल्लेख छ।
यस घटनाले सम्पूर्ण शिक्षा क्षेत्र, अभिभावक तथा समाजलाई गहिरो चिन्तामा पु¥याएको जनाइएको छ। विद्यार्थीलाई सुरक्षित वातावरणमा सिकाइ प्रक्रिया अगाडि बढाइनु पर्छ तर बालमैत्री वातावरण कायम गर्नुपर्ने जिम्मेवार शिक्षकबाटै अमानवीय व्यवहार भएको खबर आउनु दुःखद तथा निन्दनीय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। घटनाको सत्यतथ्य छानबिन गरी दोषी शिक्षिकामाथि प्रचलित कानुन अनुसार कारबाही गर्न माग गरिएको छ।
‘‘शिक्षा क्षेत्रलाई विद्यार्थी मैत्री बनाउन, विद्यार्थीहरुको सुरक्षा सुनिश्चित गर्न तथा शिक्षामा सकारात्मक सुधार ल्याउन सम्बन्धित निकाय विद्यालय प्रशासन र अभिभावकहरु मिलेर आवश्यक पहल गर्नुपर्ने देखिन्छ । घटनाको सत्यतथ्य छानबिन गरी दोषी शिक्षकमाथि प्रचलित कानुन अनुसार कारबाही गर्न माग गरिएको छ । पीडित विद्यार्थीले न्याय नपाइन्जेल नेपाल विद्यार्थी सङ्घ तनहुँले चरणबद्ध आन्दोलनको कार्यक्रम अगाडि बढाउने जनाइएको छ ।’’ विज्ञप्तिमा भनिएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ