कैलाली । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अनुशासन र स्वस्थताका लागि खेलकुद आवश्यक रहेको बताएका छन् ।
प्रदेश प्रमुख भट्टको गृहवडा कैलाली चुरे गाउँपालिका वडा नंं. ६ को आयोजनामा धनेडीमा सञ्चालित सातौं वडा अध्यक्ष कप महिला तथा पुरूष भलिबल प्रतियोगिता तथा दोस्रो वडास्तरीय अतिरिक्त क्रियाकलाप कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै भट्टले स्थानीय स्तरबाटै खेलकुद तथा अतिरिक्त क्रियाकलापहरुमा जोड दिनुपर्ने बताए ।

प्रदेश प्रमुख भट्टले टोल तथा वडास्तरबाटै खेलाडीको पहिचान र विकासका लागि यस्ता प्रतियोगिता उपयोगी हुने बताउनुभयो । ‘खेल स्वस्थ जीवनको आधार हो । खेलले अनुशासन र सामूहिक भावना जागृत गराउँदछ । शारीरिक रुपमा पनि खेलकुद कार्यक्रम लाभदायक रहन्छ ।’ – उनले भने – ‘हरेक स्थानीय तहले यसरी नै वडाबासीलाई मेलमिलाप र एकतामा बाँध्नका लागि यस्ता कार्यक्रम गर्नु उचित हुन्छ ।’
खेलकुद क्षेत्रको विकासले सामाजिक एकता र समृद्धिको आधारशीला तयार पार्ने हुँदा राज्यले खेलकुद विकासका लागि ठोस नीति र दृष्टिकोण बनाएर अगाडि बढिरहेको बताए ।

‘स्वस्थ शरीर नै एउटा मान्छेका लागि सुख र आनन्द हो । अनुशासित स्वस्थ शरीर र स्वस्थ मस्तिष्कयुक्त नागरिक उत्पादनमा खेलकुद सहयोगी सिद्ध छ । स्वस्थ शरीर र निरोगी मस्तिष्कबाट नागरिकले सुन्दर भविष्यको रुपरेखा कोर्छन् । अनि मात्र मुलुक समृद्ध बन्दछ ।’ प्रदेश प्रमुख भट्टले भने ।

पछिल्लो समय नेपाल खेलकुदको माध्यमबाटसमेत चिनिँदै गएको उल्लेख गर्दै उहाँले सशक्त र पूर्वाधार सम्पन्न मुलुकहरुलाई खेलकै माध्यमबाट पराजित गर्न सकेको र खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको बताए ।
चुरे गाउँपालिका वडा नं. ६ का अध्यक्ष प्रेमबहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय परिषद् सल्लाहकार सदस्य हरिशंकर योगी लगायतले बोलेका थिए ।

प्रतियोगितामा वडा स्थित विभिन्न विद्यालय, क्लब तथा समूहहरुले भाग लिएका छन् । विद्यार्थीहरुबीच अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरीजवाफ, दौड लगायतका कार्यक्रम पनि आयोजना गरिएका छन् ।
प्रदेश प्रमुख डिल्लीराज भट्टसहितको टोलीलाई वडा अध्यक्ष, जनप्रतिनिधि, स्थानीयवासी, विद्यार्थीहरूले फूलमालाले स्वागत गरेका थिए ।






सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो