पोखरा । पोखरा महानगरपालिका २५ नं. वडा कार्यालयले बाल बालिका लक्षित कार्यक्रम अन्तर्गत बाल नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ ।
विद्यालयका विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको उक्त लोक नृत्य प्रतियोगिता कार्यक्रममा फागुन ९ गते गौरी शंकर मावि हेमजाको प्रांगणमा हुने पोखरा महानगर पालिका वडा नं. २५ का वडा अध्यक्ष तथा महानगर प्रवक्ता मोति लाल तिम्सिनाले जानकारी दिए ।
प्रतियोगितामा हेमजा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीले सहभागिता जनाउने व्यवस्था रहेको छ ।
प्रतियोगितामा मावि तर्फ ३ जनामा १ जना छात्रा अनिवार्य र आधारभूत विद्यालय तर्फ एक जना छात्र÷छात्रा सहभागि जनाउन पाउने अध्यक्ष तिम्सिनाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनलाई १० हजार, द्धितीय हुने ७ हजार तथा तृतीय हुने ५ हजार र ट्रफी प्रदान गरिने उनले जानकारी दिए ।
‘हरेक वालवालिका सँग कुनै न कुनै प्रतिभा लुकेर वसेको हुन्छ, तिनै प्रतिभा उजागर गर्न वडा कार्यलयले यो कार्यक्रमको आयोजना गरेको हो’ अध्यक्ष तिम्सिनाले भने, ‘विद्यार्थीहरुको हौसला प्रदान गर्न र ती प्रतिभा उजागर गर्न कार्यक्रमलाई भव्य बनाउनका लागि हेमजावासीहरुको सहभागिताका लागि अनुरोध गर्दछु ।’
उनका अनुसार वडा कार्यलयको निति तथा कार्यक्रम अन्तर्गत नै वाल नृत्य प्रतियोगिता आयोजना गरिएको हो ।
हेमजा सामुदायिक संस्थागत तथा वौद्ध गुम्बाले सञ्चालन गरेका विद्यालय सहित गरी १४ विद्यालय रहेको वडा सचिव चोलाकान्त पौडेलले जानकारी दिए ।
सम्बन्धित खबर
राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती