पोखरा । पोखरा १९ घार्मीका आमाहरुले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न, छिमेकी जिल्लामा रहेका महत्वपुर्ण पर्यटकीय स्थलहरुको अवलोकनलाई प्राथामिकतामा राखेका छन् ।
प्रत्येक वर्ष नयाँ नयाँ ठाउको अवलोकन गर्ने गरेका आमाहरुले यस वर्ष तनहुँको प्रसिद्घ धार्मिक स्थल ढोरबाराही र बाजस्थला क्षेत्रको अवलोकन गरी धार्मिक तथा पर्यटकीय गतिविधीका बारेमा जानकारी लिएका हुन् । स्थानिय मनकामना आमा समुहमा आवद्घ करिव ५० जना आमाहरुको टोलीले बुधवार सो क्षेत्रमा पुगी आन्तरिक पर्यटन प्रवर्द्धन गरेको समुहका अध्यक्ष भगवती पौडेलले जानकारी दिईन् । आफ्नो गाउँ पनि पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको र आन्तरिक तथा वाहृय पर्यटकको आवागमन बढ्दै गएकाले, अन्य क्षेत्रमा पनि के कस्तो पर्यटन प्रर्वद्घन भएको छ त्यसको जानकारी लिन अवलोकन भम्रण गरिएको अध्यक्ष पौडेलले बताईन् ।
ढोरबाराही महत्वूर्ण धार्मिक क्षेत्र भए पनि सो क्षेत्रसँगै जोडिएको बाजस्थला भने ओझेलमा परेको महशुस गरेको टोलीमा सहभागी महेन्द्र मावि घार्मीका प्रधानाध्यापक बासुदेव पौडेलले बताए । अवलोकनसँगै बाजस्थला क्षेत्रको पदयात्रा गरेका अनिता वराल पौडेल, कमला घिमिरे र पार्वती दाहालले बाजस्थला प्रचुर पर्यटकीय संभावनाको क्षेत्र रहेको बताउँदै, यसको विकास र प्रचारमा स्थानिय सरकारको चासो आवश्यक रहेकोमा जोड दिए । अवलोकनका लागि पुग्नु भएकी ८६ वषर््िाया तुलसी पौडेलले वृद्घ उमेरमा पनि यस्ता महत्वपूर्ण क्षेत्रको अवलोकन गर्न पाउँदा निकै खुशी लागेको अनुभव सुनाए ।
शुक्लागण्डकी नगरपालिका वडा नं.९ मा पर्ने सो स्थलवाट पृथ्वी साजमार्ग सहित त्यस आसपासको रमणिय दृश्यको अवलोकन गर्न सकिन्छ । दलित र जनजाति समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा परम्परागत घरहरु देख्न पाईन्छ ।उक्त क्षेत्रको विकासका लागि टोल विकास समिति सक्रिय रहेको बताइन्छ । त्यहाँ रहेको बाजस्थला टेडिस्नल होम रिर्सोटले दृश्यावलोकनका लागि पुग्ने आन्तरिक तथा वाहृय पर्यटकलाई परम्परागत खाना र वासको सुविधा दिएको छ भने रिर्सोटमा गाउँ घरमा प्रयोग हुने परम्परागत सामाग्री समेत प्रर्दशनीमा राखेको छ । पर्यटकीय वातावरण बनाउँन र पर्यटन विकासमा महिलालाई सक्रिय बनाउँन पनि विभिन्न ठाउँको अवलोकन गर्ने गरी वार्षिक कार्य तालिका नै बनाईएको समुहका सचिव लिलादेवी पौडेलले जानकारी दिए ।
समुहले यसअघि आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्याङ्जाको दरौं सिरुवारीको अवलोकन गराएको थियो ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार