पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन्।
गएको शनिबार पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन पड्किँदा मेयर आचार्य र उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल घाइते भएका थिए । घाइते दुवै जनाको काठमाण्डौमा रहेको कीर्तिपुर बर्न अस्पतालमा उपचार भएको थियो ।
अर्थमन्त्री पौडेल भने केही दिनअघि डिस्चार्ज भइसकेका छन् ।
मेयर आचार्यले प्राविधिक त्रुटि हुँदा आफूहरू घाइते भएको बताएका छन्।
‘पोखरा भ्रमण वर्षको औपचारिक घोषणा समारोहका क्रममा भएको प्राविधिक त्रुटिका कारण नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री माननीय विष्णु पौडेल ज्यू र म दुर्घटनावश (जलनका कारण) कीर्तिपुर अस्पताल, काठमाडौँमा भर्ना भएर उपचाररत थियौं। माननीय मन्त्रीज्यू तीन दिनअघि नै डिस्चार्ज हुनुभएको थियो। म आज अपराह्न अस्पतालबाट डिस्चार्ज भएको छु। उपचारमा संलग्न गण्डकी मेडिकल कलेज पोखरा, फिस्टेल अस्पताल पोखरा, कीर्तिपुर अस्पताल काठमाडौं लगायतका विशेषज्ञ चिकित्सकहरू, स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवार प्रति हृदयदेखि आभार व्यक्त गर्दछु,’ मेयर आचार्यले भनेका छन्।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)