पोखरा, असोज ७ । पोखरामा खोरेत रोगको प्रकोप देखिएको छ । विभिन्न ठाउँहरुमा खोरेत रोग देखा परेपछि महानगरले पोखराभित्र पशुबस्तु आयात र निर्यातमा रोक लगाएको छ । आईतबार सूचना जारी गरी रोगको प्रकोप निर्मुल नभएसम्म पशुबस्तु आयात निर्यात नगर्न आग्रह गरिएको हो ।
महानगरको पशु शाखा प्रमुख तथा पशु चिकित्सक ठगेन्द्रप्रसाद अर्यालले खोरेतको कारण पशुपालक किसान तथा ब्यवसायिक फार्मवालाहरुलाई पशु खरिद विक्रि पनि नगर्न आग्रह गरे । ‘यस्तो बेला बाहिरको पशु भित्र्याउन हुँदैन । यताका पनि बाहिर पठाउन मिल्दैन, उनले भने–जतिसक्दो छिटो आफ्ना गोठ र फार्महरुमा जैविक सुरक्षा अपनाउने हो ।’ खोरेतको संक्रमण नभएको ठाउँमा पनि तुरुन्तै खोरेत खोप लगाउन उनले सुझाव दिएका छन् ।
खोरेत के हो ?
खोरेत गाई, भैसी, बाख्रा, सुगुँर, बँगुर, बदेल, हात्ति लगायत खुरखुट्टा जंगली जनावरमा देखा पर्ने भयानक सरुवा रोग हो । अन्य महामारी रोगको तुलनामा यो रोग विभिन्न जनावर जातमा एकै पटक देखा पर्न सक्ने, धेरै जनावर प्रभावित भएपनि थोरै मात्र मर्ने गर्दछ । खोरेत रोग धेरै जनावरलाई लाग्न सक्ने, रोग लागि निको भएका उग्राउने जनावर तथा बाहिरी बातावरणमा लामो समय रोगाणु जीवित रहन सक्ने भएकोले नियन्त्रण तथा उन्मुलन गर्न अति नै कठिन मानिन्छ ।
खोरेत रोगको विषाणु अति खतरनाक किन मानिन्छ ?
खोरेत विषाणु अति सुक्ष्म, थोरै समयमा धेरै सन्तान उत्पादन गर्ने क्षमता भएको, बाहिरी वातावरणमा लामो समयसम्म क्रियाशील रहन सक्ने हुन्छ । दुषित घाँसपातमा १ महिनासम्म जीवित रहन्छ भने हड््डीसहितको फ्रोजोन मिटमा लामो समय बाँचिरहन्छ । खेरेत विषाणु भूसतहमा ६० किलोमिटर र समुन्द्री सतहमा ३०० किलोमिटर हावाको माध्यमबाट पार गर्न सक्दछ ।
छोटो समयभित्र खोरेत विषाणुले पशुलाई रोगी तुल्याउन सक्ने र विभिन्न जातका जनावरलाई एकैपल्ट आक्रमण गर्नसक्ने क्षमताका कारण यो रोग महामारीको रुपमा फैलिन्छ । झवाट्ट र्हेदा खोरेत रोग एकै किसिमको हुने भान परेता पनि वास्तवमा रोगको प्रकोप, महामारीको रुप र विरामी जनावरमा देखा पर्ने घातक स्थिति धेरै हदसम्म खोरेत विषाणुको जात, उपजात र स्ट्रेनमा निर्भर गर्दछ
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए