पोखरा नदीपुर स्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) बाट स्नातक तहमा दीक्षित विद्यार्थीहरूको ग्राजुएसन समारोह भएको छ।
समारोहमा बीबीए र बीसीआइएस विषय अध्ययनरत कलेजका ७१ विद्यार्थीलाई कलेजले सम्मान गरेको थियो।
कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. दयाराज ढकालले विद्यार्थीले ठूलो र सकारात्मक सोच राख्दा जीवनमा ठूलो अवसर प्राप्त हुने र जीवन सुखमय बन्ने बताए । उनले गुणस्तरीय विद्यार्थी उत्पादन गर्ने यो यात्रा थप उचाइमा लैजान कलेजले निरन्तरता दिने विश्वास व्यक्त गरे।

कार्यक्रमका विशेष अतिथि पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक तुलसीराम भण्डारीले विद्यार्थीहरूलाई सीप विकास गर्न तथा देशमै बसेर अवसरहरूको अधिकतम फाइदा उठाउन प्रेरित गरे।
क्याम्पस सञ्चालक समिति सदस्य बिनोद कायस्थको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपप्राध्यापक दीपेन्द्र पहारीले गरेका थिए।

कार्यक्रममा विभिन्न विषय अध्ययनरत विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, उत्कृष्ट श्रेणीमा उत्तीर्ण विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो।
विद्यार्थी प्रविना सुवेदीले लक्ष्मी विद्या पदक प्राप्त गरेकोमा विशेष सम्मान गरिएको थियो।

डिन लिस्टका विद्यार्थीहरू बीबीएका मञ्जिल श्रेष्ठ, अञ्जिला सुवेदी, पूजा सिग्देल, सारा गुरुङ, गरिमा काफ्ले, निशिका श्रेष्ठ, लुना सापकोटा, यज्जु शक्य र बीसीआइएसका श्रद्धा श्रेष्ठलाई पनि विशेष सम्मान गरिएको थियो।
कलेजले हालसम्म १८ ब्याच विद्यार्थी उत्पादन गरिसकेको छ। १ हजार ९ सयभन्दा बढी विद्यार्थी उत्पादन गरिसकेको कलेजले १ सय बढी डिन लिस्ट र १ दर्जन उपाधिप्राप्त पदक तथा सात जनाले विशेष पदक प्राप्त गरिसकेको कलेजका प्राचार्य लिना नेगी श्रेष्ठले बताइन् ।

विद्यार्थीका तर्फबाट बोल्दै अञ्जिला सुवेदीले कलेजमा बिताएका आफ्ना सम्झनाहरू स्मरण गर्दै विद्यार्थीहरूलाई बधाई तथा शुभकामना र कलेज परिवारलाई धन्यवाद व्यक्त गरिन्।

सम्बन्धित खबर
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी