पोखरा वडा नं. २२, पुम्दीभुम्दीमा प्रथम त्रिभुवन स्मृति कप फाइभ ए साइड फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । स्थानीय ठुलिविडीमा यही फागुन १६ गतेदेखि उक्त प्रतियोगिता हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
तत्कालिन नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, पत्रकार महासंघ गण्डकी प्रदेशका सस्थापक अध्यक्ष तथा परिवर्तन युवा क्लबका सल्लाहकार स्व.त्रिभुवन पौडेलको स्मृतिमा उक्त प्रतियोगिता पहिलो पटक हुने भएको क्लवका सचिव एवं प्रतियोगिताका संयोजक सुदिप बरालले बताए ।
उक्त प्रतियागिता ठुलिविडीको सिम्लेपाखा खेलमैदानमा यही फागुन १८ गते सम्म सन्चालन हुने तयारी गरिएको प्रतियोगिताको संयोजक बरालले बताए । परिवर्तन युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ रुपैया, उपविजेताले २५ हजार ५ सय ५५ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ । त्यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी, गोलकर्ता र उत्कृष्ट गोल रक्षकलाई समेत पुरस्कार प्रदान गरिने भएको छ ।
कास्कीका जिल्ला समन्वय अधिकारी एवं सल्लाहकार नवराज बरालले खेलकुदमा कहिले बिकृति हुने हुँदा सुरक्षा व्यबस्था मिलायन सुझाव दिए । खेलप्रति युवाहरुको आकर्षण बढाउन, प्रतिभा प्रष्फुटन गर्न, दक्ष खेलाडी उत्पादन गर्न, खेलकुदको माध्यमबाट समाजमा सकरात्मक परिवर्तन गर्दै सामाजिक एकता कायम गर्न उक्त प्रतियोगितको मुख्य उद्धेश्य रहेको अध्यक्ष कमल बरालले बताए ।
उक्त प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख खर्च लाग्ने भएको क्लवका सल्लाहकार राजेन्द्र बरालले बताए। क्लवको पहलमा सिम्लेपानीमा खेल मैदान निर्माण गरिएको छ ।
प्रतियोगितामा करिब २५ टिमको सहभागिता हुने भएको क्लवका उपाध्यक्ष विवेक बरालले जनाए । पोखरा हट्लाइन दैनिकका प्रवन्ध निर्देशक एवं स्व.पौडेलका दाजु उत्तम पौडेलले उक्त प्रतियोगिता सफल पार्न सबैको साथ र सहयोगको अपेक्षा राखे ।
२०७९ माघ १ गते पोखरामा भएको यती एअरलाइन्सको जहाज दुर्घटनामा परी दिवङ्गत भएका पौडेलको स्मृतिमा उक्त प्रतियोगिता पहिलो पटक हुन लागेको हो ।
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला